पुटिन र जेलेन्स्कीबीच वार्ताको सम्भावना बढ्यो

मस्को: टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
रुसी रक्षामन्त्री फोमिनले भने वार्ता व्यावहारिक रुपमा अघि बढेको भन्दै किभ र चेर्नेगिभ क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरिएको उल्लेख गरेका हुन् ।
यस्तै वार्ताका मध्यस्थकर्ता एवं रुसी प्रतिनिधिमण्डलका संयोजक भ्लादिमिर मेडेन्सकीले वार्तामा अर्थपूर्ण छलफल भएको बताएका छन् । साथै युक्रेनी प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष राखिने उनले जानकारी दिए । उनले इस्तानबुल वार्तालाई पहिलो वार्तापछिकै सबैभन्दा अर्थपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।

रुसी प्रतिनिधिमण्डलले रचनात्मक रुपमा वार्ता अघि बढेको बताएका प्रतिक्रिया दिएका छन् । साथै वार्तामा आएका प्रस्तावमाथि समीक्षा गरिने उनीहरूले बताए ।
वार्तामा सहभागी अधिकांश प्रतिनिधिहरूले यसलाई सकारात्मक उपलब्धिको रुपमा लिएका छन् । उनीहरूले इस्तानबुलको मंगलबारको वार्तालाई उल्लेखनीय उपलब्धिको रुपमा व्याख्या गरे ।

युक्रेनका केही प्रतिनिधिहरूले भने अहिलेसम्म युद्धविराम भइनसकेको भन्दै केही मुद्दा अझै थाती रहेको बताएका छन् । धेरै मुद्दा अझै समाधान हुन बाँकी नै रहेको उनीहरूको भनाइ छ । साथै क्रिमियाबारे अलग्गै वार्ता आवश्यक रहेको उनीहरूले अडान राखेका छन् । थाती रहेका मुद्दाबारे आगामी दुई साताभित्र फेरि वार्तामा बस्ने प्रस्ताव पनि युक्रेनी वार्ता टोलीले राखेको छ ।

यद्यपि युक्रेनी प्रतिनिधिहरूले इस्तानबुल वार्तापछि अब पुटिन र जेलेन्स्कीबीच वार्ताको सम्भावना बढेको बताएका छन् । मंगलबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिहरूबीच वार्ता भएको हो । यसअघि टर्की र बेलारुसमा गरी तीनपटक वार्ता गरिए पनि ती वार्ता सफल हुन सकेका थिएनन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago