काठमाडौँ: वायु प्रदूषणका कारण दैनिक दुई सय हाराहारी उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार अधिकांश स्थान जाने जहाज मौसमका कारण उड्न पाएका छैनन् ।
मंगलबार पनि एक दर्जन आन्तरिक उडान कटौती भएका थिए । भिजिबिलिटी घट्दा सोमबार ८ वटा उडान रद्द भएकामा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने र फर्किने १२ उडान स्थगन गरिए । तीन दिनयता तालिकाभन्दा कम्तीमा डेढ घण्टादेखि तीन घण्टासम्म उडान डिले (ढिलाइ) भएको वायु सेवाहरूले जनाएका छन् ।
निजी वायु सेवाले काठमाडौंबाट भद्रपुर, विराटनगर, लुक्लालगायत पहाडी स्थानका लागि तोकेका उडान स्थगन गरेका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार समयमै उडान रद्दबारे यथार्थ जानकारी दिने प्रणाली नहुँदा विमानस्थलमा यात्रुको चाप अत्यधिक छ । ‘काठमाडौं विमानस्थलको आकाशमा तुवाँलोको मात्रा बढ्दा जहाजका लागि आवश्यक भिजिबिलिटी आइतबारयता निरन्तर घट्दो छ । यसका कारण आन्तरिक उडानका पाइलटले आँखाले हेरेर उडान गरिने प्रणाली (भीएफआर) को साटो उपकरणको सहायताले गरिने प्रणाली (आईएफआर) को भर पर्नुपर्ने बाध्यता छ,’ सिटौलाले भने ।
विमानस्थलको एयर ट्राफिक डिभिजन प्रमुख सीताराम भण्डारीका अनुसार उपकरणमा भर पर्दा एटीसीले एउटा जहाज उडेपछि ६ मिनेटपछि मात्रै अर्को जहाजलाई टेक अफ अनुमति दिनुपरिरहेको छ । भीएफआरमा कम्तीमा २ मिनेटको अन्तरमा एकपछि अर्को जहाज उडाउन मिल्छ । यसबाट प्रतिघण्टा ३३ वटासम्म जहाज उड्न सक्छन् । बिहान ६ बजेबाट खुला हुने विमानस्थल राति साढे १२ बजे बन्द हुन्छ । काठमाडौं बाहिरका विमानस्थल बिहान ६ देखि बेलुकी ६ बजेसम्म सञ्चालन हुन्छन् । अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको विमानस्थल प्रवक्ता सिटौलाले बताए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…