काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा यूएईस्थित नेपाली दूतावासलाई लक्ष्य गरेर धारणा राखेका पत्रकार उमाकान्त पाण्डेलाई कानुनी कारबाही गराउन आबुधाबीस्थित नेपाली दूतावास र राजदूत नै लागिपरेको नेपाल पत्रकार महासंघले दाबी गरेको छ ।
पाण्डे डेढ महिनायता दुबई जेलमा थुनामा छन् ।
यूएईमा देखिएको भिजिट भिसाको दुश्चक्र र त्यसमा दूतावासको सन्देहास्पद गतिविधिबारे पत्रकार पाण्डेले फेसबुकमा धारणा राखेकै कारण प्रतिशोधस्वरूप नेपाली दूतावासले यूएई सरकारलाई अनुरोध गरेरै थुनामा पठाएको प्रमाण आफूहरूले पाएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए । ‘यसमा राजदूत कृष्णप्रसाद ढकालसहितका कर्मचारीको संलग्नता देखिएकाले मंगलबार परराष्ट्र मन्त्रालयलाई सबै प्रमाणसहित ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘विदेशमा रहने नेपालीको सुरक्षामा नेपाली दूतावास र राजदूत लागेको देखिएन, जनसरोकारको मुद्दामा राखेको एउटा धारणाकै कारण पत्रकारलाई थुनामा पठाउनेसम्मको कूटनीतिक हर्कत निन्दनीय छ ।’

महासचिव पुरीले परराष्ट्र सचिव भरत पौड्यालसमेतका पदाधिकारीलाई भेटेर राजदूत ढकालको ‘नियतपूर्ण कामकारबाही’ बारे जानकारी गराएको जानकारी दिए । दूतावासका जनसम्पर्क अधिकृत इरफान आलमले पत्रकार पाण्डेलाई कारबाही गर्नेबारेका सम्पूर्ण प्रक्रिया अघि बढाएको र दूतावासका तर्फबाट यूएईको अपराध अनुसन्धान तथा थुना केन्द्र (सीआईडी) मा सम्पूर्ण कागजी प्रक्रिया अघि बढाएको प्रमाण फेला परेको महासंघले जनाएको छ ।
पाण्डेका भिनाजु पीताम्बर भुसालका अनुसार गत माघ अन्तिम सातामा उनले नेपाल आएकै बेला पुस २४ मा फेसबुकमा यूएई दूतावासबारे लेखेका थिए । यहाँबाट फर्किएर दुबई पुगेपछि उनलाई फागुन ३ मा पक्राउ गरिएको हो । आफ्नो सालोलाई अनाहकमा थुनामा राखिएकोबारे जानकारी गराउन अर्घाखाँचीबाट काठमाडौं आएका भुसालले भने, ‘दूतावास वा राजदूत भनेको आफ्ना नागरिकको हकहित र सुरक्षाको अभिभावक निकाय हो । तर आबुधाबीस्थित नेपाली दूतावासले व्यक्तिगत प्रतिशोधको कामकारबाही गरेको छ ।’ पाण्डेले फेसबुकमा ‘यूएईमा भिजिट भिसाको समस्या कहिल्यै समाधान हुँदैन, किनकि भिजिट भिसालाई प्रोत्साहन र सहयोग दूतावास आफैंले गरिरहेको छ’ लेखेका थिए । उनी एक दशकदेखि दुबईमा छन् ।

पाण्डेको मुद्दामा दुबई उच्च अदालतले ३ महिना जेल, ८ लाख रुपैयाँ जरिवाना तथा मोबाइलसहितको सम्पत्ति जफत गर्ने प्रारम्भिक फैसला गरिसकेको छ । भुसालका अनुसार अब नेपाल सरकारकै तर्फबाट राजदूत ढकालले यूएईको उच्च अदालतमा उक्त मुद्दा फिर्ताका लागि अपिल गरे मात्रै पत्रकार पाण्डे थुनामुक्त हुन सक्छन् । आबुधाबीस्थित नेपाली राजदूत र दूतावासको स्वेच्छाकारी कदमको विरोधमा पत्रकार महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको गतिविधिबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट, रिपोर्टर विदाउट बोर्डरसहितका निकायलाई जानकारी गराएको जनाएको छ । यसअघि, एक नेपाली श्रमिकसँग व्यक्तिगत प्रतिशोध राख्दै देशनिकाला (डिपोर्टेसन) गर्ने निर्णय गराएपछि कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्मालाई नेपाल सरकारले फिर्ता बोलाएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago