इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खुल्यो

काठमाडौँ: पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई अब विद्युतीय बनाउन पाइने भएको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खोलेको हो । ३ वर्षसम्मका लागि इन्धनका सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ को उपदफा (२)को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुनेगरी इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा छुट दिने निर्णय भएको’ राजपत्रमा उल्लेख छ ।
ऐनको १७६ मा सरकारले केही कामहरुलाई केही समयका लागि छुट दिन सक्ने व्यवस्था छ । यहीं व्यवस्थामा टेकेर सरकारले पेट्रोलियम इन्जिनको सवारीलाई विद्युतीय बनाउन छुट दिने भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, ‘इन्जिन पेट्रोलियम पदार्थबाट नचल्ने तर वैकल्पिक ऊर्जाबाट सकिन्छ भने त्यसलाई पनि चलाउन अनुमति दिने भन्ने हो ।’ हाल स्वीकृतिबिना पेट्रोलियम सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी हेरफेर गर्न नहुने व्यवस्था छ । पेट्रोलियम पदार्थबाट संचालन हुने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेपछि विभिन्न करमा पनि विद्युतीय सवारीसाधन सरह छुट हुनेछ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago