नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा एम.बी.बी.एस मा भर्ना भएका विद्यार्थीहरुको शुल्कका विषयमा आन्दोलनरत विद्यार्थी संगठनसंगभएको सहमतिअनुसारको कारबाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय मोरंगले सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको छ ।
२०७८ माघ ७ गते प्रमुख जिल्ला अधिकारी काशी राज दाहालको संयोजकत्वमा आन्दोलनरत विद्यार्थीहरुसंग वार्ता भएको थियो । तत्पश्चातविद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका थिए ।
उक्त वार्तामा कलेजले लिएका अतिरिक्त शुल्क फिर्ता गर्ने, स्वेच्छिक होस्टल हुने तथा आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको आक्रमणकादोषिलाई कारबाही गरिने विषयमा विद्यार्थी संगठन र समितिको बीचमा सहमति भएको थियो ।
विद्यार्थीहरुले शान्तीपुर्ण आन्दोलन गर्दा सगरमाथा र विराट गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीले उनीहरुमाथि बल प्रयोग गरेका थिए ।सुरक्षाकर्मीहरुले आन्दोलनरत विद्यार्थीमाथि लठ्ठी प्रहार गर्दा विद्यार्थीहरु घाइते भएका थिए ।
शान्तीपूर्ण आन्दोलन गर्दा यसरी विद्यार्थीहरुमाथि अनधिकृत रुपमा लठ्ठी प्रयोग गरि सांघातिक आक्रमण भएको र सो कार्य कानून विपरितभएकाले उक्त कम्पनीलाई आवस्यक कार्यवाहीका गर्न जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको कम्पनीरजिष्ट्रार कार्यालयलाई पत्र पठाएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…