अवैधरुपमा अमेरिका छिर्न लागेका भारतीय परिवारका चारजनाको मृत्यु

अवैधरुपमा अमेरिका छिर्ने प्रयासमा रहेका चार भारतीयको अत्यधिक चिसोको कारण मृत्यु भएको छ।

क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडा हुँदै अमेरिका छिर्न लागेका भारतीय परिवारका सबैको चिसोको कारण मृत्युभएको हो। उनीहरु मानव तस्करीसँग जोडिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।

क्यानडाको मानिटोबामा उनीहरु मृत फेला परेका हुन्। यो क्षेत्र अमेरिकाको सीमाभन्दा केही मात्र टाढा छ। रातको समयमा उक्त क्षेत्रको तापक्रममाइनस ३५ डिग्री सेल्सियससम्म झरेको थियो।

अत्यधिक चिसोको कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशैलविन पटेल, उनीहरुको ११ वर्षी छोरी विहंगी वर्षीय छोरा धार्मिककोमृत्यु भएको हो। उनीहरुको शव जनवरी १९ मा फेला परेको थियो। भारतले पनि उनीहरु आफ्नो नागरिक भएको पुष्टि गरेको छ।

उनीहरु गुजरातको ढिंगुचा जिल्लाका बासिन्दा हुन्। उनीहरुका छिमेकीले दिएको जानकारीअनुसार पटेल परिवार जनवरी १२ मा भारतबाटक्यानडाको टोरोन्टो पुगेका थिए। त्यसपछि उनीहरु मनिबोटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयासमा थिए। उनीहरुको शव फेला परेको स्थान वरपरकुनै गाडी पनि भेटिएको छैन।

त्यसैले उनीहरुलाई कसैले आधा बाटोसम्म लगेर छाडिदिएको हुन सक्ने अधिकारीहरुले बताएका छन्। जनवरी १९ मा नै मानव तस्करीकोआरोपमा भारतीय समूहको एक एजेन्टलाई पक्राउ गरिएको थियो।

यद्यपि उनले पटेल परिवार पनि यो समूहमा सामेल भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।(एजेन्सी)

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago