पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो

काठमाडौँ- उपत्यकामा गर्मीको राप बढ्दैछ । तापको राप बढेसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो बढेको छ । भारतलगायत मुलुकका विभिन्‍न स्थानबाट महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नेहरूको चाप बढेको छ । यतिखेर मन्दिरको प्राङ्गणमा दर्शन गर्नेहरू लामबद्ध देखिन्छन् । मन्दिरका कुना-कुनामा साधुहरू बसेका छन् ।

भारत उत्तरप्रदेशबाट आएका बजरंग बाबा पशुपतिको सौन्दर्यदेखि मख्ख छन् । फूलै-फूलले सजिएको मन्दिर देख्दा आनन्द लागिरहेको उनी बताउँछन् । ‘हमारी भारतमा ऐसा वाला मन्दिर नहीँ है। हमारा मन बहुत खुस हे ,’ (हाम्रो भारतमा यस्तो मन्दिर छैन । हामी धेरै खुसी छौ) उनले भने,’ हर साल आ रहुँ । पशुपति बाबा के दर्शन के लिए फिर आया हुँ ।’

नेपाली दर्शनार्थीको मन राम्रो भएको बजरंगले सुनाए । दर्शनार्थीले सँगै बसेर फोटो खिच्दा सबैभन्दा राम्रो लाग्‍ने गरेको उनी बताउँछन् । ‘फोटो खिचि सकेपछि पैसा माग्दा नरिसाइक दिने गरेको उनीहरूले दिने गरेका छन्,’ उनले भने ।

विदाइको समयमा दक्षिणा दिएर बिदा गरेको क्षण राम्रो लाग्‍ने गरेको उनको भनाइ छ । समूहमा उनीसहित आठ जना पशुपतिमा आएका छन् । उनले रातभर आगो ताप्नका लागि दाउराको जोहो गरिसकेका छन् । पशुपति क्षेत्र विकास कोषले दिउँसो आगन्तुक बाबाहरूलाई दाउरा उपलब्ध गराइसकेका छन् ।

पशुपति दर्शन मिले, जीवन में और क्या चाहिए ? महाशिवरात्रिमा पशुपति दर्शन गर्न आउने नेपालीमात्रै छैनन् । भारतीय दर्शनार्थि पनि उत्तिकै छन् । उनीहरू पशुपति दर्शन गर्न पाएकोमा मख्ख देखिन्थे ।

गोरखपुरका श्यामसुन्दर शुक्लाले पशुपति दर्शन गर्न पाएकोमा सुखी व्यक्त गरे । पोहोर नै पशुपति आउने इच्छा भए पनि कोभिडले यो पटक मात्रै पशुपति दर्शन गर्न पाएको उनले बताए । ‘पिछले साल पशुपति दर्शन करना चाहता था । लेकिन कोविड ने इसे संभव नहीं बनाया,’ हिन्दीमै कुरा गरेको उनले भने, ‘मैं बहुत ख़ुश हूँ। पशुपति हिंदुओं की आस्था का केंद्र है। पशुपति दर्शन मिले, जीवन में और क्या चाहिए ?’

मन्दिरको स्वरुप फेरिएको छ । मूल गेटको टुप्पोलाई रंगले सजाइएको छ । कामदारहरू हातमा ब्रस लिएर तलमाथि गरिरहेका छन् । बिजुली बत्ती र विभिन्न रंगका फूलले वरिपरिको दृश्य बेग्लै बनेको छ ।

‘पशुपतिनाथ मन्दिर सधैँभरी यसरी सजिसजाउ होस । प्रवेशद्वार सफा र आकर्षक हुनुपर्छ ‘ चुच्चेपाटीबाट आएकी सावित्रा मैनालीले मूल ढोकामा उभिएर सेल्फी लिँदै भनिन् । शिवरात्रिमा मन्दिर सिंगारिएको सुनेर हेर्न आएको उनले बताइन् । कोभिड-१९ को महामारी सुरु भएदेखि शिवरात्रिमा आउन पाएकी थिइनन् । कोभिड संक्रमण घटेकाले पनि दर्शनार्थीको भीड बढेको छ ।

‘हिन्दू धर्मावलम्बीको मूख्य मन्दिर पशुपतिनाथ रहेकाले दर्शन गर्न आउने गरेको छु,’उनले भनिन्,’आज सोमबार परेकाले पनि पशुपति दर्शन गर्न आएको हुँ। शिवरात्रिको अघिल्लो दिन परेकाले आजदेखि भीडभाड बढेको रहेछ ।’

सावित्रालाई मन्दिरमा भीडभाड बढेकाले दर्शन गर्न उनलाई करिब एक घण्टा लागेको थियो । लाइनमा बस्दा पनि दर्शन गर्दा समय लागेको अनुभव शेयर गरिन् । अरुबेला १५ दिनमा दर्शन गर्न आउने उनी यसपटक शिवरात्रि परेकोले पनि चाँडै दर्शन गर्न आएको उनले बताइन् ।

पशुपति दर्शन गर्न पुगेका बबरमहलका महेश अधिकारी भन्छन्,’ मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महशुस गरेको हो, जुत्ता चप्पल गेट बाहिर राख्दा सुरक्षित हुने रहेछ ।’ पशुपति राम्रो हुनका लागि महिनै पिच्छे शिवरात्रि जस्तो पर्व आउनुपर्ने उनले बताए ।

मूल गेटको ढोकालाई फूलका गुच्छाले सजाइएको छ । विभिन्‍न फूलले सजाइएका स्थानमा सेल्फि लिनेहरूको भीड पनि देखिन्छ । मूल मन्दिर परिसरचारैतर्फका मूर्ति र मन्दिरमा झलझली बत्ति बल्दा झिलिमिली देखिने गरेको उनले सुनाए ।

शिवरात्रिले साँच्चिकै यतिखेर पशुपतिनाथ क्षेत्रको वातावरण फेरिएको छ । बागमती किनारदेखि माथि मन्दिर र कैलाश चौरमुनिको भूभागमा धुलो, फोहर छैन । साना मठ र संरचनामा पनि निकै चमक आएको छ । पशुपति क्षेत्रमा फूल र बत्त्रीकाे रौनक छाएको छ । थापा भन्छन,’ मैले कम्तीमा चार दशक पशुपतिनाथको दर्शन गरेर बिताएँ तर अहिलेजस्तो सफा यसअघि कहिले देखेको थिइन ।’

पशुपति क्षेत्र विकास कोषकाअनुसार १० लाखको हाराहारीमा दर्शनार्थीले दर्शन गर्ने छन् । विगतका वर्षमा भन्दा यसपटक दुई गुणाले साधुसन्तहरूको संख्या बढेको विकास कोषका सदस्य सचिव डा. मिलन थापाले जानकारी दिए ।

शिवरात्रिमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी आवश्‍यक सुरक्षाकर्मीलाई परिचालन गरिएकाे छ। कोभिड-१९ को महामारी जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दर्शनार्थीलाई स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको छ ।

कोषले दर्शनार्थीको सुरक्षार्थका लागि नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागबाट समेत सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago