संखुवासभा: संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।
सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोटेले बताए । ३४ वर्षीया भोटे तीन दिन अघि सुत्केरी व्यथा लागेर रुकुमा सामुदायिक स्वास्थ्य इकाई भर्ना भएकी थिइन् ।
सामुदायिक स्वास्थ्य इकाईमा समेत उपचार हुन नसकेपछि चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा पठाइएको थियो । सुत्केरी भोटेको चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा लगिएको निमित्त प्रमुख भोटेले बताए ।
दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भोटखोला गाउँपालिकाबाट एक महिनाभित्र तीन जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…