काठमाडौं । केही वर्षयता कोरोना भाइरसले सर्वत्र सन्त्रास फैलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले लाखौंको ज्यान लियो । यसले कतिपयलाई अस्पतालको शैयामा पुर्‍यायो भने कतिपयलाई शारीरिक र मानसिक रुपमा शिथिल बनाइदियो । कोरोना संक्रमण बढ्दै जाँदा विश्वकै जनजीवन प्रभावित बन्यो ।
यतिबेला कोरोनाको ओमिक्रोन भेरियन्टले विश्वलाई त्रसित बनाइरहेको छ । यो आतंक मत्थर हुन पाएकै छैन, कोरोनाकै अर्को भेरियन्ट ‘नियोकोभ’ फैलिने जोखिम रहेको चर्चा हुन थालेको छ । चिनियाँ वैज्ञानिकहरुले उक्त खतरनाक भेरियन्ट फैलनसक्ने भन्दै सर्तक रहन सुझाव समेत दिएका छन् ।
चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गरेका छन् । यसको संक्रमण हुनेमध्ये तीनमा एक जनाको मृत्यु हुनसक्ने उनीहरुले चेतावनी दिएका छन् । वैज्ञानिकका अनुसार कोरोनाको यो भेरियन्ट दक्षिण अफ्रिकामा पत्ता लागेको हो । हुन त, अहिलेसम्म यो भाइरसको संक्रमण मान्छेमा देखिएको छैन । यद्यपि चमेरोमा भने यो भाइरस देखिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट नियोकोभलाई लिएर चीनका वैज्ञानिकले विश्वलाई चेतावनी दिएका छन् । यो भेरियन्टको बारेमा शोध गर्ने वैज्ञानिकले भनेका छन्, ‘यो नयाँ भेरियन्ट एकदमै बढी संक्रामक र खतरनाक छ ।’
वैज्ञानिकले यस नयाँ शोधलाई वेबसाइटमा प्रकाशित गरेका छन् । शोधपत्रमा भनिएको छ, कोरोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० कोभले मान्छेलाई एकदमै तीव्र रुपमा संक्रमित गर्न सक्छ । यस सोधमा लेखिएको छ, यस भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृत्यु हुनसक्छ ।
वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेसका वैज्ञानिक र शोधकर्ताले नियोकोभ भाइरसबारे चेतावनी दिएका हुन् । वैज्ञानिकका अनुसार कोरोनाको नयाँ भेरियन्ट नियोकोभले मानिसलाई संक्रमित बनाउन केवल एक म्युटेसन भए पुग्छ । चीनका वैज्ञानिकले चेतावनी दिएसँगै रुसका सरकारी भाइरोलोजी शोध केन्द्रले पनि यस विषयमा आफ्नो धारणा राखेको छ । रुसका सरकारी भायरोलोजी शोध केन्द्रका अनुसार चीनका वैज्ञानिकले जारी गरेको आँकडा अनुसार उक्त भेरियन्ट अहिलेसम्म मान्छेलाई संक्रमित गर्न सक्षम छैन । उनीहरुले यसको जोखिमलाई मध्यनजर गर्दै थप खोज अनुसन्धानको जरुरी छ ।
कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको हो । यस भेरियन्टको पुष्टि अहिलेसम्म चमेरामा मात्र भएको छ । वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिक एवं शोधकर्ताले भनेका छन्, अहिले यो भाइरस पंक्षीमा देखिएको भएपनि यसले मान्छेलाई संक्रमित गर्न सक्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago