पाल्पाको मानवाधिकार अवस्था, बर्ष २०२२ को अर्धवार्षिकी समिक्षा

पाल्पा, १२ असार । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रम तानसेनमा समपन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा सन् २०२२ जनवरीदेखि जुन महिनासम्मको अवधीमा पाल्पा जिल्लामा इन्सेकले ४१ वटा घटना अभिलेख गरेको इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो । बलात्कारबाट ६ जना महिला र ५ जना बालिका पिडित भएको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो । उहाँले नागरिक तथा राजीनितक अधिकारका ४, महिला हत्याको १ तथा घरेलु हिंसाका २५ गरि ४१ वटा घटनाको तथ्यांक प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले इन्सेकले हरेक वर्ष संकलन तथा प्रकाशन गर्दै आएको मानवअधिकार सम्बन्धी वर्ष पुस्तकले देश तथा जिल्लाको मानवअधिकार अवस्थाबारे जानकारी लिन सहज भएको बताउनुभयो । जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले महिला तथा बालबालिका लगायतसँग घटनाहरुको न्यनीकरणका लागि स्थानीय तहहरुसँग सहकार्य गर्दै सरकारी तथा गैरसरकारी संस्थाहरुले स्थानीय तह र समुदाय स्तरसम्म पुगेर कार्यक्रम गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले हरेक ६ महिनामा इन्सेकले आयोजना यसप्रकारको कार्यक्रममा जिल्लाको समग्र मानवअधिकार अवस्थाबारे पुर्ण छलफल गर्ने वातावरण बनेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले अहिले हुँदै आएका घटनाहरुको न्युनीकरणका लागि प्रहरीले सीमित स्रोत साधनका बिच पनि समुदाय स्तरमा बिभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

सेवाप्रदायकको रुपमा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी, पाल्पा अस्पतालकी मेडिकल अधिकृत डा. रञ्जिता महतो, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख अनोज उपाध्याय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख दिपक भट्टराई, श्रीनगर यातायात सेवा कम्पनीका कम्पनी सचिव भविन्द्र गौतम लगायतले सहभागीहरुले राख्नुभएका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा जिविस पाल्पाका पुर्व सभापति डुल बहादुर कुँवर, नागरिक समाज संस्थाको तर्फबाट रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष गोविन्द भट्टराई, पुर्व प्रधानाध्यापक धातानन्द शर्मा, मानवअधिकारकर्मी राजेन्द्र बस्याल, अधिवक्ता गीता शर्मा, दलित अधिकारकर्मी तुल्सी पृथी रणपाल, गंगाधर भट्टराई पत्रकार जनक भट्टराई लगायतले इन्सेकले संकलन तथा गरेका घटनाहरुको तथ्यांक तथा जिल्ला स्थित बिभिन्न सेवाप्रदायक कार्यालयहरुका लागि सुझाव सल्लाह राख्नुभएको थियो । कार्यक्रम मानवअधिकार रक्षक सञ्जाल पाल्पाका अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा चलेको थियो । कार्यक्रममा ५३ जनाको सहभागिता रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago