दमकमा गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका छन् ।

दमक,  यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार दमक नगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेद्वारहरुले एकसाथ मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भीम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साईं र १० मा राजेन्द्र भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यसअघि पनि वडा अध्यक्ष रहिसकेका छन् । उनीहरु दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्पmबाट वडाध्यक्षको उम्मेद्वार बनेका हुन् ।

त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दर्ता भएको हो ।
गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराउँदै नगर प्रमुखका उम्मेद्वार थापाले नगरको नेतृत्वमा रहेर नगरबासीको सेवा गर्ने आफ्नो चाहना पुरा हुने अवस्थामा पुगेको बताए । आफूहरुको गठबन्धनमा सबै दल, विचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको विकासको लागि यो टिम नै विजयी हुने दावी गरे । त्यसैगरी उपप्रमुखकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले नगरका प्रमुख दलहरुको गठबन्धन भएकाले आफूहरुको विजय सुनिश्चित भएको बताइन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago