बिर्तामोड नगरपालिकाको मेयरमा दश जनाको उम्मेदवारी ।

झापा ,बिर्तामोड नगरपालिकाको मेयरमा ९ जना राजनीतिक दलको तर्फबाट र एकजनाले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रादेवी महतारा, उपमेयरमा नगेन्द्र संग्रौलासहित ४९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा धु्रवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलसहितले उम्मेद्वारी दर्ता गराएका छन् ।
यस्तै,  मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राजकुमार लावती र रितादेवी शेर्माले उपमेयरमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रितादेवी निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै नगेन्द्र अधिकारीले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।त्यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौलाले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा माओवादी केन्द्रका तर्फबाट सीपी कडरियाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मेयरमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट अंचल धिमाल , जनता समाजवादी पार्टीका तर्फबाट उदय गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट मनकुमार खुदाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपमेयरमा नेकपा समाजवादीका तर्फबाट तीर्थ सिग्देल ,जनता समाजवादीका तर्फबाट चीजा राई , विवेकशील साझा पार्टीका तर्फबाट निशा सोनी कर्णले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।
बिर्तामोडमा जम्मा २२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयर १० , उपमेयर ९ , वडाध्यक्ष ५४ , महिला सदस्य ३७ , दलित महिला सदस्य ३१, खुल्ला सदस्यमा ८२ जनाले उम्मेदवारी दर्ता गराएको काफ्लेले जानकारी दिए ।
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago