दमकमा गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका छन् ।

दमक,  यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार दमक नगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेद्वारहरुले एकसाथ मनोनयन दर्ता गराएका हुन् ।

गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भीम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साईं र १० मा राजेन्द्र भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् । वडा नम्बर १ का अधिकारी र ७ का पौडेल यसअघि पनि वडा अध्यक्ष रहिसकेका छन् । उनीहरु दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्पmबाट वडाध्यक्षको उम्मेद्वार बनेका हुन् ।

त्यस्तै वडा नम्बर २, ६, ८ र ९ मा माओवादी केन्द्र साथै वडा नम्बर ३, ४, ५ र १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दर्ता भएको हो ।
गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराउँदै नगर प्रमुखका उम्मेद्वार थापाले नगरको नेतृत्वमा रहेर नगरबासीको सेवा गर्ने आफ्नो चाहना पुरा हुने अवस्थामा पुगेको बताए । आफूहरुको गठबन्धनमा सबै दल, विचार, समुदायको प्रतिनिधित्व रहेकोले समग्र दमकको विकासको लागि यो टिम नै विजयी हुने दावी गरे । त्यसैगरी उपप्रमुखकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंले नगरका प्रमुख दलहरुको गठबन्धन भएकाले आफूहरुको विजय सुनिश्चित भएको बताइन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago