भविन्द्र गौतम, तानसेन १३, बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागी १४ राजनितिक दल तथा स्वतन्त्र व्यक्तिहरुले उमेदवारी मनोनयन दर्ता गरेका छन ।
कार्यकर्ताको साथमा नारा जुलुस गर्दै उम्मेदवारी मनोनयन दर्ताका लागी ५ दलिय गठवन्धन, नेकपा एमाले र राप्रपाका उम्मेदवारी दर्ताको लागी निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका थिए । उमेदवारी मनोनयको काम शान्तीपुर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । उमेदवार मनोनयन दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यको लागी छुट्टा-छुट्टै मनोनय दर्ताको व्यबस्था रहेको थियो । ठुला दलका उमेदवारहरु ढिलो गरी मनोनयन दर्ता गर्न जादा वेलुका ५ बजे पछी उम्मेदवारहरु पालो कुरेर लाइन लागेर बसेका थिए । दलहरुको उम्मेदवारी दर्ता गर्न आउँदाको झलक बिजय र्याली जस्तै देखिन्थ्यो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…