बिन्दु पंथी,काठमाडौं : नुवाकोटको बेलकोट गडि १० धमेला का १९ बर्षका मिलन पंथ एक्काइसौ सताब्दीका एक उदाहरणिय युवा कृषक बन्ने गतिमा अगाडी बढिरहेका छन्। मिलन नामजस्तै मिलनसार र धेरै मिहिनेति कुखुरा पालक कृषक हुन।
अहिले अधिकांश युवाहरु श्रम बेच्न वा अध्ययनको शिलशिलामा लाखौ रुपैया खर्च गरिरहेको र बिदेशमा बिभिन्न काम गर्न गइराखेको बेलामा आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने पवित्र सकरात्मक सोचभएका १९ वर्षीय मिलनले कक्षा १०+२ सम्मको अध्ययन गरेका छन्। मिलनले अहिले आफ्नो पुर्खोली जग्गामा कुखुरा पालन व्यवसायिक रुपमा गरिराखेका छन्।
यसरी कुखुरा पालन गरिराख्दा मिलनले आफ्नो अध्ययनलाई पनि संगसंगै लैजाने सोचमा रहेको बताउँछन् । उनले देशलाई आत्म निर्भर बनाउन सबै नेपालीहरुले आफ्नो आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने बताउँछन। उनले कुखुरा पालनको साथ साथै व्यवशायिक कृर्षिमा जोड तोडले लागेकाछन्। यसरी सिजनअनुसारका तरकारी खेतिपनि संगसंगै लगिराखेको बताउँछन्।
समाचार संकलनमा पुग्दा मिलन आफ्नै कुखुरा फर्ममा कुखुराको स्यारसुसारमै तल्लिन देखिनथिए , व्यवशायको कुरागर्दा देशमै केहि गर्दै अध्ययन लाईपनि संगसंगै लैजाने र आफ्नो यो कुखुरा फर्म लाई देशकै नमुना आधुनिक कुखुरा पालनको रुपमा अगाडि लैजाने चाहाना रहेको बताउँदै अहिले सानो ठाउमा कुखुरा पालन गर्दापनि घरखर्च पुराएर बिस देखि पचास हजारसम्म महिनाको कमाइ भइराखेको बताउँछन् ।
अब आउदो समयमा व्यबशायिक कृर्षि फर्म दर्तागरि केहि बैकबाट लोन लिएर व्यबस्थित गर्ने सोचमा छन्। यसरी सानो उमेरमै राम्रो कामगरेर युवाहरुको उदाहरणिय काम गरेका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…