‘सत्तामा बसेर झन्डा हल्लाउँदै हिँड्ने अनि बाहिर कार्यकर्ता उफार्ने ?

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमसीसीको सन्दर्भमा सडकमा जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।
प्रेस चौतारी उदयपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमसीसी सदनको विषय भएकाले त्यसको जवाफ उत्तेजना र भावनामा बहकिएर सडक प्रदर्शनबाट नआउने बताएका हुन् । उनले एमसीसीमा सम्झौता गर्दा हस्ताक्षर गरेन सत्ता गठबन्धनमा रहेका दलहरुले लाजमर्दो व्यवहार देखाएको आरोप लगाए । ‘सत्तामा बस्ने, सही गर्ने अनि बाहिर आएर हाम्रो सहमति छैन भन्दै रोइलो गर्ने ? लोकतन्त्रमा यस्तो लाजमर्दो गाईजात्रा देखाउन हुन्छ ?’ नेता भट्टराईले थपे, ‘सत्तामा बस्ने, झन्डा हल्लाउँदै हिँड्ने अनि बाहिर आएर कार्यकर्ता उफारेर टाउको फुटाउन लगाउने ? ’ उनले पहिला जिम्मेवार भएर प्रस्तुत हुन सत्तासिन दललाई आग्रह गरे ।
एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले एमसीसीको सवालमा उचित समयमा उचित निर्णय दिने उनले बताए ।

गठबन्धन सरकार बनेयता मुलुकमा आर्थिक विपत्ति र बाह्य शक्ति सन्तुलन नीति कमजोर बन्दै गएको भन्दै भट्टराईले अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्काउनु पर्ने बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी रहन्छ, अस्थिरता रहिरहन्छ, त्यसैले यो छिटो भत्किनुपर्छ ।’

गठबन्धन जोगाउन आफूखुसी मन्त्रालय थप्ने, कार्यकर्ता भर्तीकेन्द्र बनाउनेजस्ता प्रवृत्तिले मुलुकको राजस्वले सामान्य खर्च धान्न सक्ने अवस्था नरहेको नेत भट्टराईले बताए ।

उनले समय र परिवेशले मुलुकलाई नयाँ जनादेशमा जानु पर्ने अवस्था देखाएकोले त्यसैले लोकतन्त्रलाई सुदृढीकरण गर्न, कमजोर आर्थतन्त्रलाई बलियो बनाउन छिटोभन्दा छिटो निर्वाचन गराई स्थायी सरकार बनाउनु पर्ने धारणा राखे ।

नेता भट्टराइले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नभएसम्म साथ नदिने बताए । ‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनुस् भन्नुभएको छ,’ भट्टराईले भने,‘एमालेले ब्ल्यांक चेक दिँदैन, ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ ।’

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago