उप्रेतीको पहिलो कृति ‘नजरभित्र’ विमोचन

मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तक संग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा उप्रेतीको पहिलो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार हरि कट्टेल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, कवि मीनकुमार नवोदितलगायतले विमोचन गरे। विमोचित संग्रहका बारेमा समालोचक हरि कट्टेलले टिप्पणी गरेका थिए।

संग्रहमा मुक्तककार उप्रेतीले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको उनको भनाइ थियो। त्यस्तै कवि भरत गुरागाईं ‘बर्बरिक’, विनोद विवश, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी रायमाझी र मीना श्रेष्ठ ‘सवि’ले संग्रहभित्रका मुक्तकहरु वाचन गरे। पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय ५८ वटा मुक्तक संग्रहित छन्।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago