‘सत्तामा बसेर झन्डा हल्लाउँदै हिँड्ने अनि बाहिर कार्यकर्ता उफार्ने ?

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमसीसीको सन्दर्भमा सडकमा जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।
प्रेस चौतारी उदयपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमसीसी सदनको विषय भएकाले त्यसको जवाफ उत्तेजना र भावनामा बहकिएर सडक प्रदर्शनबाट नआउने बताएका हुन् । उनले एमसीसीमा सम्झौता गर्दा हस्ताक्षर गरेन सत्ता गठबन्धनमा रहेका दलहरुले लाजमर्दो व्यवहार देखाएको आरोप लगाए । ‘सत्तामा बस्ने, सही गर्ने अनि बाहिर आएर हाम्रो सहमति छैन भन्दै रोइलो गर्ने ? लोकतन्त्रमा यस्तो लाजमर्दो गाईजात्रा देखाउन हुन्छ ?’ नेता भट्टराईले थपे, ‘सत्तामा बस्ने, झन्डा हल्लाउँदै हिँड्ने अनि बाहिर आएर कार्यकर्ता उफारेर टाउको फुटाउन लगाउने ? ’ उनले पहिला जिम्मेवार भएर प्रस्तुत हुन सत्तासिन दललाई आग्रह गरे ।
एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले एमसीसीको सवालमा उचित समयमा उचित निर्णय दिने उनले बताए ।

गठबन्धन सरकार बनेयता मुलुकमा आर्थिक विपत्ति र बाह्य शक्ति सन्तुलन नीति कमजोर बन्दै गएको भन्दै भट्टराईले अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्काउनु पर्ने बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी रहन्छ, अस्थिरता रहिरहन्छ, त्यसैले यो छिटो भत्किनुपर्छ ।’

गठबन्धन जोगाउन आफूखुसी मन्त्रालय थप्ने, कार्यकर्ता भर्तीकेन्द्र बनाउनेजस्ता प्रवृत्तिले मुलुकको राजस्वले सामान्य खर्च धान्न सक्ने अवस्था नरहेको नेत भट्टराईले बताए ।

उनले समय र परिवेशले मुलुकलाई नयाँ जनादेशमा जानु पर्ने अवस्था देखाएकोले त्यसैले लोकतन्त्रलाई सुदृढीकरण गर्न, कमजोर आर्थतन्त्रलाई बलियो बनाउन छिटोभन्दा छिटो निर्वाचन गराई स्थायी सरकार बनाउनु पर्ने धारणा राखे ।

नेता भट्टराइले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग संवाद गरे पनि आफूहरुले उठाएको कुरा सम्बोधन नभएसम्म साथ नदिने बताए । ‘हामीले उठाएका कुरा सम्बोधन नगरी ब्ल्यांक चेक दिनुस् भन्नुभएको छ,’ भट्टराईले भने,‘एमालेले ब्ल्यांक चेक दिँदैन, ब्ल्याक एण्ड ह्वाइट नै हुनुपर्छ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago