मस्को: रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हजारौँ रुसी जनता सडकमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत रुसी जनताले भावनात्मक रूपमा प्रर्दशनका लागि आह्वान गर्ने क्रम बढ्दै गइरहेको छ । प्रहरीले रुसका ५४ सहरबाट करिब एक हजार ७०० बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
रुसको राजधानी मस्कोमा मात्र कम्तीमा साढे ९०० जना प्रदशर्नकारी पक्राउ परेका छन् ।
सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा गरेको आक्रमणपछि मस्कोले युक्रेनमाथि गरेको अर्को सबैभन्दा भयावह आक्रमण हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणलाई पूर्वीयुक्रेनका सर्वसाधारण जनतालाई आमनरसंहारबाट जोगाउन चालिएको विशेष सैनिक कारबाहीको संज्ञा दिएका छन् ।
अमेरिकाले पुटिनको यस दाबीलाई झुटो बताउँदै पूर्ण चरणको आक्रमणका लागि पृष्ठभूमि तयार पारेको आरोप लगाएको छ । तर, रुसी जनताले पुटिनको कदमलाई अस्वीकार गरेका छन् ।
Global bank
“ब्युँझिएपछि बिहान साढे पाँच बजे युद्धको खबर थाहा पाउँदा सपनाजस्तै लाग्यो । यस्तो अप्रिय घटना सधैँ सम्झनामा रहने भयो,” मस्को निवासी विपक्षी कार्यकर्ता तात्याना उस्मानोभाले आफ्नो फेसबुकमा लेखेकी छन्, “म युक्रेनी जनतासँग क्षमा माग्न चाहन्छु । हामीले युद्ध छेड्नेहरूलाई मत दिएका थिएनौँ ।”
युक्रेनको राजधानी किभलगायत सहरमा साइरन र विस्फोटको आवाज गुन्जिरहेका बेला रुसी जनताले तत्काल क्रेमलिनलाई युद्ध रोक्न खुलापत्रमा हस्ताक्षर गर्न र याचना गर्न व्यस्त छन् ।
राजनीतिक विश्लेषक अव्वास गाल्यामोभले एसोसियटेड प्रेसलाई रुसी जनता यस आक्रमणबाट स्तब्ध रहेको बताएका छन् ।
चर्चित मानवअधिकार अभियन्ता लेभ पोनोमाभ्योभले सुरु गरेको एउटा याचिकापत्रमा केही घन्टामै एक लाख ५० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको छ । त्यसैगरी, बिहीबार साँझसम्म हस्ताक्षर गर्नेको संख्या तीन लाख ३० हजार नाघेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…