बैंक वित्त संस्थाले अब भन्सार विभागको नाममा धरौटी चेक काट्न नपाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले भन्सार विभागको नाममा चेक काटन नपाउने भएका छन्। संस्थाहरुले गुड्स फर पेमेन्ट र धरौटी शीर्षकमा बिहीबार (माघ १३ गते)देखि चेक काट्न नपाउने नियम लागू हुने भएको हो। 

वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पुस १६ गते पत्राचार गरी उक्त शीर्षकमा चेक नकाट्न भनिसकेको छ। कारोबार प्रणालीलाई आधुनिकीकरण गर्दै व्यापारलाई थप सहजीकरण गर्न विद्युतीय भुक्तानी सुरु गरेको भन्सार विभागले जनाएको छ ।

अब व्यवसायीहरुले सामाग्री निकासी वा पैठारी गरेवापत बुझाउनुपर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी प्रणाली विकास गरेको छ।

तर माघ १२ गतेसम्म जारी भएका चेकहरुबाट भन्सार राजस्व भुक्तानी गर्न भने कुनै बाधा नपर्ने विभागले  जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago