काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ४५ अंकले घटेर २,७७६ दशमलव ६१ अंकको विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज २३३ वटा कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१२ रुपैयाँ रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्टको ९ करोडमाथिको शेयर कारोबार भएकाो छ ।
आज सबैभनदा धेरै विन लघुवित्त र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिएचडिसी कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ४ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरे पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…