मन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

महोत्तरी ।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ । तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन् ।

फाइल फोटो

१३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी  रोमन साहसँग हुँदै छ । तर मन्त्री साहले पाँच हजारभन्दा बढी कार्ड वितरण गरेर भोजमा सहभागी हुन निमन्त्रणा गरेका छन् । साहले शुभचिन्तकहरूलाई मंगलबारकाे प्रीतिभोज र बुधबार हुने पूजा एवं मटकाको अवसरमा जसरी पनि पार्टीमा सहभागी हुन आग्रह गरेका छन् ।

 

सरकारको नेतृत्वमा मन्त्रीजस्तो पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नै नगरी मन्त्री साहले स्वयं कोरोना मापदण्ड र आचारसंहिताको खिल्ली उडाउँदा निक्कै आलोचना भएको छ ।

मंगलबार बिहान १० बजेदेखि मन्त्री साहले दिएको भोजमा झन्डै २५ सयभन्दा बढी मानिस गौशाला नगरपालिकाको फुल्कास्थित उनकाे निवासमा सहभागी भएका थिए  । `हामी जाँदा निक्कै भिड थियो, मानिसहरूले कुनै मापदण्डको ख्याल गरेका थिएनन्,´ भोजबाट फर्किएका एकजना सहभागीले भने ।

आफै नियम कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेका मन्त्री साहको उनकै पार्टी माओवादी केन्द्रमा समेत आलोचना भएको छ । आचारसंहिताविपरीत मन्त्री जस्तो व्यक्तिले खिल्ली उडाउँदा लोकतन्त्र र संविधानकै विषयमा अनेकौ प्रश्नचिन्ह खडा भएको नेताहरूले विश्लेषण गरेका छन् ।

कुनै पनि माहामारीको समयमा सरकारले निर्धारण गरेको मापदण्डविपरीत कसैले अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमाेजिम कडा कारबाही हुने प्रावधान छ । तर मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।

मन्त्रीले कोरोनाको जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत गराउनुको सट्टा हजारौ भिड जम्मा गरेर रोग फैलाउन सहयोग गरिरहेकोसमेत आरोप उनीमाथि छ । काेराेना बढेसँगै अहिले जिल्लामा भिडभाड हुने ठाउँहरूमा  चलपहल कम भएको छ । मन्त्री साहकाे पालिकामा अझै ४५ प्रतिशत सर्वसाधारण खोप लगाउनबाट वञ्चित छन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago