मन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

महोत्तरी ।कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ । तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन् ।

फाइल फोटो

१३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट निवासी  रोमन साहसँग हुँदै छ । तर मन्त्री साहले पाँच हजारभन्दा बढी कार्ड वितरण गरेर भोजमा सहभागी हुन निमन्त्रणा गरेका छन् । साहले शुभचिन्तकहरूलाई मंगलबारकाे प्रीतिभोज र बुधबार हुने पूजा एवं मटकाको अवसरमा जसरी पनि पार्टीमा सहभागी हुन आग्रह गरेका छन् ।

 

सरकारको नेतृत्वमा मन्त्रीजस्तो पदीय मर्यादा र जिम्मेवारीलाई ख्याल नै नगरी मन्त्री साहले स्वयं कोरोना मापदण्ड र आचारसंहिताको खिल्ली उडाउँदा निक्कै आलोचना भएको छ ।

मंगलबार बिहान १० बजेदेखि मन्त्री साहले दिएको भोजमा झन्डै २५ सयभन्दा बढी मानिस गौशाला नगरपालिकाको फुल्कास्थित उनकाे निवासमा सहभागी भएका थिए  । `हामी जाँदा निक्कै भिड थियो, मानिसहरूले कुनै मापदण्डको ख्याल गरेका थिएनन्,´ भोजबाट फर्किएका एकजना सहभागीले भने ।

आफै नियम कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेका मन्त्री साहको उनकै पार्टी माओवादी केन्द्रमा समेत आलोचना भएको छ । आचारसंहिताविपरीत मन्त्री जस्तो व्यक्तिले खिल्ली उडाउँदा लोकतन्त्र र संविधानकै विषयमा अनेकौ प्रश्नचिन्ह खडा भएको नेताहरूले विश्लेषण गरेका छन् ।

कुनै पनि माहामारीको समयमा सरकारले निर्धारण गरेको मापदण्डविपरीत कसैले अटेर गरेमा रोग संक्रमण ऐन २०२० बमाेजिम कडा कारबाही हुने प्रावधान छ । तर मन्त्रीले नै ऐन हातमा लिएर खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।

मन्त्रीले कोरोनाको जोखिमबाट बच्न सर्वसाधारणलाई सचेत गराउनुको सट्टा हजारौ भिड जम्मा गरेर रोग फैलाउन सहयोग गरिरहेकोसमेत आरोप उनीमाथि छ । काेराेना बढेसँगै अहिले जिल्लामा भिडभाड हुने ठाउँहरूमा  चलपहल कम भएको छ । मन्त्री साहकाे पालिकामा अझै ४५ प्रतिशत सर्वसाधारण खोप लगाउनबाट वञ्चित छन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago