रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर र एजेण्टलाई कारबाही गर्ने श्रम मन्त्री श्रेष्ठकाे प्रतिबद्धता

काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

फाइल फोटो

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पुर्‍याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले ठगीमा परेका श्रमिकले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गर्नुभयो ।

उहाँले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीब्रता दिएको पनि बताउनु भयो । उहाँले दलालहरुले नेपाल सरकारले प्रतिवन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

‘पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याइ दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयाैँ गुनासो आउने गरेको छ । विभिन्न सञ्चारमाध्यमबाट होस् वा मेरो आफ्नो मोबाइलमा फोन गरेर यी गुनासोहरु आउने गरेका छन्’, उहाँले भन्नुभयाे, ‘वैदेशिक रोजगार ऐन बिपरित भिजिट भिसाको रुपमा श्रमीकहरुलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यसरी अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अफ्ठ्यारोमा पर्नु भएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु । त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु, टिपाउन सक्नुहुनेछ ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago