काठमाडौं–नारिता सेक्टरमा सातामा ३ उडान

काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं–नारिता सेक्टरमा सातामा ३ उडान सञ्चालन गर्ने भएको छ । हाल निगमले यो सेक्टरमा हप्तामा दुई उडान मात्रै गरिरहेको छ । निगमले आगामी २०२२ को मे १ तारिखदेखि प्रत्येक आइतबार, मंगलबार र शुक्रबार गरी हप्ताको ३ उडान सञ्चालन गर्ने निगमले जनाएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको छ ।

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको निगमले जनाएको छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेश क्लासमा १ लाख ५२ हजार रुपियाँ रहेको छ भने इकोनोमी क्लासमा १ लाख १९ हजार ७ सय भाडादर कायम गरिएको छ । तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु विक्रि वितरण नगर्न निगमले सचेत गराएको छ र बढी भाडा असुलेको पाइएमा निगमनमा उजुरी गर्न समेत अनुरोध गरेको छ ।

काठमाडौं–नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको भए पनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । नारिता–काठमाडौं सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान भइरहेको निगमनले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago