बिर्तामोडको वडा अध्यक्ष र सदस्यमा को कति भए सिफारिस ?

झापा ,नेपाली कांग्रेसको वडा समितिहरुले आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष र सदस्यको आकांक्षीहरुको नाम सिफारिस गरेका छन् । धेरै वडामा सर्वसम्मत नाम सिफारिस भएको छ भने कुनैमा एउटा वडा अध्यक्ष पदको लागि ७ जना सम्मको नाम पठाईएको छ ।

वडा नं. १ मा वडा अध्यक्ष पदका लागि बलराम कार्की , देविका बस्नेत र तिलक खनालको नाम पठाईएको छ । त्यस्तै खुल्ला सदस्यमा रघुनाथ सापकोटा , विकास बस्नेत , रामकुमार राउत , डिल्ली लिवाङ , विशाल सापकोटा र साहेब सर्राफको नाम सिफारिस भएको छ भने महिला सदस्यमा जया खनाल , तिलरुपा श्रेष्ठ , लक्ष्मी सुवेदी र दलित महिला सदस्यमा रणमाया रसाइलीको नाम पठाईएको छ ।

त्यस्तै वडा नं.२ मा वडा अध्यक्षको लागि धर्म लक्सम्बा , उर्मिला ढकाल , गंगाराम ओडारी , खुल्ला सदस्यमा लक्ष्मीप्रसाद खनाल , निमनारायण राजवंशी , हेमराज संग्रौला , हरिभक्त उप्रेती , महिला सदस्यमा रेणुका ढकाल र दलित महिला सदस्यमा बिमला खातीको नाम पठाईएको छ ।

त्यस्तै वडा नं.३ मा वडा अध्यक्ष पदका लागि ७ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा प्रेमप्रसाद उप्रेती , मनोज बुढाथोकी , दिवाकर प्रसाई , धर्मराज माझी , सुरेन्द्र कार्की , पदमप्रसाद प्रसाई र सृष्टि दहाल रहेका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा पूणर्प्रसाद राजवंशी , गजेन्द्र ओली , सन्जयकुमार शर्मा , मनिका माझी , महिला सदस्यमा कमला अग्रवाल , जानुकाकुमारी थापा मगर र दलित महिला सदस्यमा कुमारी दर्जीको नाम पठाईएको छ ।

त्यस्तै वडा नं. ४ मा पनि वडा अध्यक्ष पदका लागि ७ जनाको नाम सिफारिस भएको छ । त्यस पदका लागि २६ जना आकांक्षी रहेका थिए । सिफारिस हुनेहरुमा राजकुमार प्रसाई , कुलप्रसाद संग्रौला , ध्रुव सुवेदी , उत्तम खनाल , हेमु खड्का ,देवेन्द्र सिटौला र तारा कार्की रहेका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा मनोज खड्का , राजु राजवंशी (सन्तोस), लक्ष्मी गौतम , लक्ष्मी खरेल , यादवकुमार ओली , विजय काफ्ले , बमबहादुर मैनाली , तुफान शेख , बिनोद प्रसाई , किरण बिमली , कमल सिटौला , प्रेम मैनाली , उत्तम चौधरी , रणदेव हजाम , महिला सदस्यमा बालादेवी खरेल , मनकुमारी चुडाल , सम्भा राजवंशी , रबिना खड्का , मन्जु ओली न्यौपाने , कमला गुरागाई , सरिता मगर , जमुना राजवंशी , सुस्मिता संग्रौला र दलित महिला सदस्यमा आसा परियार सिफारिस भएका छन् ।

त्यस्तै वडा नं. ५ मा वडा अध्यक्ष पदका लागि रोहित प्रसाई सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै खुल्ला वडा सदस्यमा योगप्रसाद भट्टराई (सुनिल) , लवकुमार चौधरी , महिला सदस्यमा पार्वती चुडाल खतिवडा र दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा पनि सर्वसम्मत सिफारिस भएका छन् ।

त्यस्तै वडा नं. ६ मा वडा अध्यक्ष पदका लागि सूर्यप्रसाद कन्दङ्वा , पवित्रा कोईराला ढुङगाना , कमलराज बिमली , खुल्ला वडा सदस्यमा एल्विन्द्र खत्री , जीवन बास्कोटा , महिला सदस्यमा गिता शर्मा रेग्मी र दलित महिला सदस्यमा शोभा बि.क.को नाम पठाईएको छ ।

त्यस्तै वडा नं. ७ मा वडा अध्यक्ष पदमा नवराज लिम्बू , खुल्ला सदस्यमा सोमनाथ घिमिरे , सम्सुल महमद , महिला सदस्यमा भिमा श्रेष्ठ र दलित महिला सदस्यमा सिता गजमेर सिफारिस भएका छन् ।

त्यस्तै वडा नं. ८ मा वडा अध्यक्ष पदमा चिरन्जीबि कार्की , खुल्ला सदस्यमा धर्मेन्द्र सिटौला , धनन्जय पौडेल र महिला सदस्यमा सरस्वती खतिवडाको नाम सिफारिस भएको छ । त्यहाँ दलित महिला सदस्यका उम्मेदवार चयन गर्ने क्रममा रहेको जनाईएको छ ।

वडा नं. ९ र १० मा उम्मेदवार चयनको विषयमा छलफल चलिरहेको नगर सचिब दिनेश पराजुलीले बताए । वडाबाट नगर समितिमा पठाईएका सिफारिसहरु अब प्रदेश ‘ क ’ मा पठाईने पराजुलीले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago