पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन

पुर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार थापा, लक्ष्मीहाङ आङबो र शुशिला प्रसाई चयन भए भने सचिवमा भुवन निरौला, सहसचिव नवराज घिमिरे र कोषाध्यक्ष रोहित थापा चयन भए।

टोकियो सोलमारी सभा हलमा सम्पन्न तेस्रो अधिवेशनले पूर्वका १४ जिल्लाका संयोजकहरू समेत सर्वसम्मत चयन गरेको थियो। जसअन्तगत मोरंङ्मा प्रकाश कोइराला, झापामा विनोद कार्की, सुनसरीमा मदन खडका, उदयपुरमा मिरा दनुवार, पॅाचथरमा मुक्साहांङ लावती, तेह्रथुममा शिशिर निगंलेखु लिम्वु, ओखलडुगामा विमल कार्की र भोजपुरमा कविर ताम्राकार चयन भए। बाँकी जिल्ला संयोजकहरू कार्यसमिति बैठकले चयन गर्ने र जिल्ला समितिहरूमा पनि कम्तिमा तीन जना चयन गरिने छ।

यसैगरि संस्थाको संरक्षकमा निवर्तमान अध्यक्ष सुभाष प्रसाद लोहनी सहित सल्लाहकारहरूमा डिल्लीराम सिवाकोटी, संजीव राई र आनन्द कोइरालालाई चयन गरेको छ। निवर्तमान अध्यक्ष सुभाषप्रसाद लोहनीको सभापतित्वमा भएको उदघाटन सत्रमा विधान कमिटिका तथा संस्थापक सदस्य आनन्द कोइरालाले स्वागत मन्तव्य सहित संस्था स्थापनाको ळक्ष्य र उदेश्य वारेमा प्रकाश पार्नु भएको थियो।

यस्तै प्रमुख अतिथि जनजाति महासंघ जापानका अध्यक्ष संजीव राई, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा,किरात याक्थुङ चुम्लुङ जापानका महासचिव मुक्साहांङ लावती लगायतले संस्थाले पूर्वी नेपालबाट जापानमा रहेका हरेक नेपालीहरूको लगत राख्ने, आपतकालिन अवस्थामा सहयोग गर्ने र पूर्वी नेपालको विकासका कार्यक्रमहरूमा हातेमालो गर्न अग्रसर हुनुपर्ने आवश्यकता औल्याउनु भयो। यस्तै पूर्वी नेपालबाट आएर जापानमा क्रियाशिल अन्य संघसस्थाहरूसंग पनि सहकार्य गर्न सुझाव दिनुभयो। सोही अवसरमा अतिथि तथा प्रमुख अतिथिहरूले संस्थाले आफ्ना गतिविधिहरू समेटेर प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago