मासिक तलब विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च – वडाध्यक्ष उम्मेदवार कार्की

बिर्तामोड, बैशाख ९ । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस बिर्तामोडको ८ नं वडा समितिबाट सर्वसम्मत वडाध्यक्षमा सिफारिस भएका कार्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वडाबासीहरुको अत्यधिक मतले विजयी हुने आत्मविश्वास बोकेका युवा उम्मेदवार कार्कीले नेकपा एमाले र राप्रपाका उम्मेदवारभन्दा आफूलाई पृथक र अब्बल प्रतिष्पर्धीको रुपमा ठानेका छन् ।

एमालेबाट विष्णु भट्टराई र राप्रपाबाट बहालवाला वडाध्यक्ष अजय कार्की वडाध्यक्षमा उठ्ने भएका छन् । ‘उहाँहरु मेरा आफन्त र सहकर्मी हुनुहुन्छ ’उनले भने ,‘चुनावी प्रतिष्पर्धामा म आफूलाई पृथक र अब्बल प्रतिष्पर्धी ठान्छु ।’

लामो सयम वैदेशिक रोजगारमा बसेर फर्किएका कार्कीले वडाबासीको चाहना र नेपाली काँग्रेसको वडा समितिको सर्वसम्मत सिफारिसमा आफूले उम्मेदवारी दिने बताए । २०४६ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरी काँग्रेसको राजनीतिमा सक्रिय भएका कार्की २०६५ सालमा वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थिए । त्यहीँबाट अमेरिका गई केही समय काम गरिसकेपछि नेपाल फर्केर पुनः राजनीति र समाजसेवामा सक्रिय भएको उनको भनाई छ ।

२०४६ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्कीले २०५९ सालमा निर्वाचित भई एक कार्यकाल मेची बहुमुखी क्याम्पसको स्ववियु उपसभापति रहुन्जेलसम्म विद्यार्थी राजनीति गरेको जनाएका छन् ।

२०६० सालमा पार्टीको क्षेत्रीय सभापति रहेर पार्टी राजनीति गरेको बताउँदै वडाध्यक्षका उम्मेदवार कार्कीले पूर्व राजा ज्ञानेन्द्रले ‘शाही कु’ गरेको समयदेखि २०६२/ ६३ को आन्दोलन सफल हुन्जेल महत्वपूर्ण योगदान गरेको सुनाए । उनले लामखुट्टे नियन्त्रण , धुलो धुवाँ नियन्त्रणजस्ता आफ्नो चुनावी एजेन्डा भएको बताउँदै उनले वडाध्यक्ष भए आफूले पाउने मासिक पारिश्रमिक विपन्न परिवारका बालबालिकाको अध्ययनमा खर्च गर्ने उद्घोेष गरे ।

कार्कीसँगै वडा सदस्य पदमा धर्मेन्द्र सिटौला र सरस्वती खतिवडाले पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार भेटघाटमा नेपाली काँग्रेस बिर्तामोड ८ का वडा सभापति उत्तम कटुवालको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago