सुर्खेत: त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनु भएको हो ।
नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिनुभएको थियो । नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतले स्वागत गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामन्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गर्नुभयो । लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग गर्दै आए पनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उहाँले बताउनु भयो ।
नेता विष्ट जनमत भएका प्रभावशाली नेताको रूपमा परिचित हुनुहुन्छ । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोग्नुभएको विष्ट विगत २९ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५२ सालमा कांग्रेस पार्टी सभापतिसमेत हुनु भएको थियो ।
विष्टकी श्रीमती दिलमाया विष्ट पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेता कार्यकर्ताको दबाब भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको विष्टले दाबी गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…