एमालेले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट भागबण्डामै अलमलियो

झापा: झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ । सबैले चासोका साथ हेरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले केन्द्रीय सदस्य तथा हालकी उपप्रमुख गीता अधिकारीले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनु भयो ।

गठबन्धनका दलले एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण पनि दमकमा चुनाव लड्ने योजना बनाएका छन् । दमकमा अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलका रूपमा रहेको राप्रपालाई पनि सँगै लिएर जाने निणर्य गरेको छ । तर, राप्रपाले नगरप्रमुख पदको अडान छाडेको छैन । स्रोतका अनुसार जिल्लास्तरीय चार दलीय गठबन्धनले दमकमा माओवादीलाई नगरप्रमुख दिने टुंगो लगाएको छ । यो नगर प्रमुख पद राप्रपालाई दिएर गठबन्धन गर्दै अघि बढ्ने तयारी भइरहेको दमकका एक माओवादी नेताले जनाए ।

झापाका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धनका दलले भने सिट बाँडफाँटको काम पनि सकेका छैनन् । केही हप्ताभन्दा लामो समयदेखि निरन्तर सिट बाँटफाँटको प्रयासमा सक्रिय पाँच दलीय गठबन्धनले उम्मेदवारी मनोनयनको दिनसम्म पनि सिट बाँडफाँडको काम नसकेको हो ।

पाँच दलीय गठबन्धनभित्रै खटपट हुँदा भागबन्डा सकिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका दलले अपमान गर्न खोजेको भन्दै एक्लै लड्ने बताउँदै आएको छ । आइतबार गठबन्धनका दलका कोही पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराइनसकेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो । ‘गठबन्धनका दलका कोही उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । भोलि मात्र गराउने हो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार अझै सिट बाँडफाँटको काम सकिएको छैन । ‘सिट बाँडफाँटको काम सकिएको छैन । आज रातिसम्म भए पनि जसरी बाँटफाँटको काम सक्छौँ,’ उहाँले भन्नुभयो, ‘छलफल निरन्तर भइरहेको छ ।’

जिल्लाको गठबन्धनको दलले सिट बाँडफाँटको सिफारिसका लागि कांग्रेस सचिव हुमागाईंको संयोजकत्वमा चार सदस्यी कार्यदल बनाएको छ । कार्यादलमा केही समयदेखि निरन्तर छलफल भइरहेको छ । कार्यदलमा भएको छलफलमा केही दलले असन्तुष्टि पनि जनाएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago