सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण, भारतले रुसको सहयोग गर्ने

काठमाडौं: भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो । यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ । भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको निशानाको लक्ष्य हासिल गर्न सफल भएको थियो ।

मिसाइल परीक्षण पछि भारतीय सेनाका एयर चिफ मार्शल बीआर चौधरीले टोलीलाई बधाई दिएका थिए । चौधरी आफैं परीक्षण गर्ने स्थानमा उपस्थित थिए ।

यो सुपरसोनिक क्रुज मिसाइलको नाम ‘ब्रहमोस’ राखिएको छ । यो नाम भारतको ब्रह्मपुत्र नदी र रुसको मोस्कवा बन्दरगाहको नामबाट राखिएको हो । यसलाई पनडुब्बी, सतह युद्धपोत, विमान या जमिनबाट पनि प्रहार गर्न सकिन्छ । यो विश्वको तीव्र गतिको सुपरसोनिक क्रुज मिसाइलमध्येको एक हो ।

ब्रह्मोस मिसाइलको एयर भर्जन गत वर्ष ८ डिसेम्बरमा सफल परीक्षण गरिएको थियो । अब यी मिसाइललाई लडाकु विमानमा पनि जडान गरिने भारतीय अधिकारीहरुले बताएका छन्

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago