अरुण जलविद्युत् परियोजनामा समस्या छैन

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको दाबी गरेका छन् । नेपाल विद्युत् प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले मंगलबार बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थानसँगको छलफल कार्यक्रम आयोजना गरेको थियो ।

साेही कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताए । उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न सबैसँग आग्रह गरे ।मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयबासीको समेत लगानी रहनेगरी सेयर संरचना तयार पारिने बताए । माथिल्लो अरुण मात्रै नभएर बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा सरकार रहेको मन्त्री शर्माको भनाइ छ ।
अब कसैसँग ऋण लिँदा जुन परियोजनाको लागि लिइने हो साेही आयोजनाले तिर्ने व्यवस्था गरिने उनले बताए । उनले भने ‘लगानी हाम्रा भएका संस्थानहरुबाट नभए अन्तबाट खोजेर भए पनि ल्याउन सकिन्छ, लगानी समस्या होइन, यसरी काम गर्छौं भन्ने बलियो प्रतिबद्धता चाहिन्छ । अर्थमन्त्रालयमा छलफल भइरहेको विषय के भने अहिले ऋण मात्रै लिइरहेका छौं, ऋण कहाँबाट तिर्ने थाहा छैन । अब लिने ऋण जनताको टाउकोमा होइन, आयोजनाको टाउकोमा राख्यो भने तिर्न सकिन्छ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago