तरलता संकुचनको अवस्था अब धेरै दिन नरहने आशा- डेपुटी गभर्नर

काठमाडौं: नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले वित्तीय क्षेत्रमा अहिले रहेको तरलता संकुचनको अवस्था अब धेरै दिन नरहने आशा व्यक्त गरेकी छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले परिस्थिति सहज बन्ने वातावरण बन्दै गएको बताउँदै अब धेरै दिन तरलताको समस्या नरहने र ब्याजदरमा पनि कमी आउने बताइन् । ढुंगानाले तरलता संकुचनमा सुधार ल्याउन र विदेशी मुद्राको संचितिमा परेको दबाब कम गर्न राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेको बताउँदै त्यसको असर देखिन थालेको बताइन् ।

फागुनमा महिनामा बैंकिङ क्षेत्रमा करिव २२ अर्ब रुपियाँ आउनुमा पछिल्लो समय पाँच सय र हजारका नोट नोटबन्दी गर्ने चर्चाको असर भएको कुरामा भने उनले प्रतिक्रिया दिन मानिन् । ढुंगानाले विकास खर्च पनि बढेको, आयातमा पनि कमी आएको, विदेशी अनुदान र लगानी पनि बढ्न थालेकाले बैंकमा पैसा बढेको हुनसक्ने बताउँदै त्यसमा अरु पनि कारण हुनसक्ने बताइन् ।

ढुंगानाले भनिन, ‘तरलताको स्थिति छ । भुक्तानी सन्तुलनमा परेको चापलाई दृष्टिगत गरी आयातमा नियन्त्रण गर्नुपर्ने अवस्था छ । आयातसम्वन्धी कर्जा घटाउन पनि सकिन्न । मूल्यवृद्धिलाई पनि हेर्नुपर्छ । हामीले मूल्यवृद्धि ६.५ प्रतिशतमा राख्ने भनेका छौं । त्यसका लागि पनि ब्याजदर घटाउन सकिन्न । माग र आपूर्तिको सन्तुलन गर्न नसक्दा पनि समस्या आउँछ ।’

माग र आपूर्तिको सिद्धान्तअनुसार अहिले ब्याजदर स्वाभाविकरुपमा बढेको हो भन्दै उनले समग्र क्षेत्रमा ब्याजदर घटाउन नसकिने, बरु उत्पादनमूलक क्षेत्रमा खास खास कुरामा ब्याजदर कम गर्न सकिने बताइन् । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर निकै महंगो भयो भन्ने व्यवसायीको गुनासो आएकाले कम गर्न राष्ट्र बैंकसँग कुरा गर्ने बताएका थिए ।

डेपुटी गभर्नर ढुंगानाले भने ब्याजदर बजारले निर्धारण गर्ने कुरा हो भन्दै अहिलेको अवस्था ब्याजदर घटाउँदा आयात झन बढेर जाने बताइन् । उनले भने, ‘राष्ट्र बैंक भनेको प्राविधिकरुपमा काम गर्ने निकाय हो । त्यहीरुपमा काम गर्न दिनुपर्छ । अहिलेको ब्याजदर भनेको डिमाण्ड र सप्लाईको सिद्धान्तमा बढेको हो । ब्याजदर घटाएर आयातलाई झन प्रोत्साहित गरियो भने त्यसले भुक्तानी सन्तुलनमा असर गर्छ ।’

चुनावको मिति नजिकिएसँगै आर्थिक गतिविधि बढ्ने बताउँदै सरकारी खर्च पनि बढ्न थालेको, विदेशी अनुदान सहयोग र लगानी आउने क्रम पनि बढेको, आयातमा पनि कमी आएको बताउँदै केही दिनमा तरलता सहज हुने र तरलता सहज भएपछि ब्याजदर आफै घट्ने बताइन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago