सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण, भारतले रुसको सहयोग गर्ने

काठमाडौं: भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो । यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ । भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको निशानाको लक्ष्य हासिल गर्न सफल भएको थियो ।

मिसाइल परीक्षण पछि भारतीय सेनाका एयर चिफ मार्शल बीआर चौधरीले टोलीलाई बधाई दिएका थिए । चौधरी आफैं परीक्षण गर्ने स्थानमा उपस्थित थिए ।

यो सुपरसोनिक क्रुज मिसाइलको नाम ‘ब्रहमोस’ राखिएको छ । यो नाम भारतको ब्रह्मपुत्र नदी र रुसको मोस्कवा बन्दरगाहको नामबाट राखिएको हो । यसलाई पनडुब्बी, सतह युद्धपोत, विमान या जमिनबाट पनि प्रहार गर्न सकिन्छ । यो विश्वको तीव्र गतिको सुपरसोनिक क्रुज मिसाइलमध्येको एक हो ।

ब्रह्मोस मिसाइलको एयर भर्जन गत वर्ष ८ डिसेम्बरमा सफल परीक्षण गरिएको थियो । अब यी मिसाइललाई लडाकु विमानमा पनि जडान गरिने भारतीय अधिकारीहरुले बताएका छन्

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago