अरुण जलविद्युत् परियोजनामा समस्या छैन

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको दाबी गरेका छन् । नेपाल विद्युत् प्राधिरकणले परियोजनामा लगानी जुटाउने उद्देश्यले मंगलबार बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थानसँगको छलफल कार्यक्रम आयोजना गरेको थियो ।

साेही कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीको लागि कुनै पनि समस्या नभएको बताए । उनले यो परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न सबैसँग आग्रह गरे ।मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयबासीको समेत लगानी रहनेगरी सेयर संरचना तयार पारिने बताए । माथिल्लो अरुण मात्रै नभएर बुढीगण्डकी, मुगु कर्णाली लगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा सरकार रहेको मन्त्री शर्माको भनाइ छ ।
अब कसैसँग ऋण लिँदा जुन परियोजनाको लागि लिइने हो साेही आयोजनाले तिर्ने व्यवस्था गरिने उनले बताए । उनले भने ‘लगानी हाम्रा भएका संस्थानहरुबाट नभए अन्तबाट खोजेर भए पनि ल्याउन सकिन्छ, लगानी समस्या होइन, यसरी काम गर्छौं भन्ने बलियो प्रतिबद्धता चाहिन्छ । अर्थमन्त्रालयमा छलफल भइरहेको विषय के भने अहिले ऋण मात्रै लिइरहेका छौं, ऋण कहाँबाट तिर्ने थाहा छैन । अब लिने ऋण जनताको टाउकोमा होइन, आयोजनाको टाउकोमा राख्यो भने तिर्न सकिन्छ ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago