मास्कबाट सुनसरीमा भेटिएको शवको पहिचान

सुनसरी: एकसाता अघि कोसी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोलाभित्र फेला परेको शव इलामको चुलाचुली–५ लुकुवा बस्ने ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ ।

शवको सनाखत भएसँगै प्रहरीले मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी सिग्देल र करिब ३५ वर्षीय सरोज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ ।
मृतक सिग्देलका जेठी श्रीमती निर्मलाले श्रीमान्को मृत्यु भएको जानकारी गत सोमबार मात्र बहराइनमा कार्यरत आफन्त पर्नेबाट पाएको बताइन् । उनी दुई महिनाअघि मात्र कतारको वैदेशिक रोजगारबाट नेपाल फर्केकी थिइन् । मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको जानकारी उक्त कम्पनीमा सँगै काम गरेका झलक गुरुङले दिएको निर्मलाले बताइन् ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो । प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

सिग्देलकी जेठी श्रीमती निर्मलाले सोमबार आफ्नो श्रीमान्को हत्या भएको थाहा पाएपछि मंगलबार धरानस्थित इलाका प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । उनले भनिन्, ‘करिब १० वर्षअघि नै दिनेशले अनिता केसी भन्ने केटीसँग विवाह गरेर विराटनगर बस्दै आएका थिए । मैले बहुविवाह मुद्दा लगाइनँ । अनिता पट्टि आठ वर्षकी छोरी पनि छिन् । चुलाचुलीमा भएको १७ कठ्ठा जमिन बेचेको रकम र बहराइनमा कमाएको रकम सबै कान्छीको हातमा थियो । तर उनी बहराइन भएको बेला यता नेपाल अनिता अर्कै युवकसँग लागेपछि सम्पतीकै कारण हत्या भएको लाग्छ ।’ निर्मलातर्फ २ छोरा र २ छोरी छन् ।

सिग्देलको शव धरान–४ स्थितको जंगलका एक किलोमिटरको दूरीमा हात खुट्टा, टाउको र शरीर टुक्राटुक्रा पारिएको अवस्थामा एकसाता अघिमात्र फोला परेको थियो । प्रहरीले गत बुधबार मृतक सिग्देलको दायाँ खुट्टा र टाउको फेला पारेको थियो भने बिहीबार बायाँ हात र शरीर फेला पारेको थियो ।

प्रहरीले भने घटनाको विस्तृत जानकारी दिएको छैन । पक्राउ परेका अनिता र भण्डारीले प्रहरीलाई उक्त घट्ना पुस २२ गते भएको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । पुस २० गते नै काठमाडौं आएर २१ गते विराटनगरस्थित कान्छी श्रीमतीसँग भेट भएको र २२ गते स्लिपिङ ट्याब्लेट दिएर घाँटी थिचेर हत्या गरी शरीर टुक्राटुक्रा पारेको जानकारी आफूलाई प्रहरीले दिएको मृतकका एक आफन्तले कान्तिपुरलाई बताए ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (डप्एसपी) नरेन्द्र कुँवरले हत्याकाण्डबारेमा अनुसन्धान गर्दै जादा केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । एसपी थापा र डीएसपी कुँवरले पक्राउ परेकाहरुले बयान फेरिरहेकाले अनुसन्धान भइरहेको बताए । एसपी थापाले भने, ‘सम्पत्ति र युवतीकै विषयमा यस्ता हत्या हुने गरेका छन् । हामी हत्याको कारण खोजिरहेका छौं ।’

उक्त घटनाको बारेमा धरानस्थित प्रदेश १ को संघीय प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखा, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago