मास्कबाट सुनसरीमा भेटिएको शवको पहिचान

सुनसरी: एकसाता अघि कोसी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रको जंगलमा २ वटा जेब्रा झोलाभित्र फेला परेको शव इलामको चुलाचुली–५ लुकुवा बस्ने ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ ।

शवको सनाखत भएसँगै प्रहरीले मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी सिग्देल र करिब ३५ वर्षीय सरोज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ ।
मृतक सिग्देलका जेठी श्रीमती निर्मलाले श्रीमान्को मृत्यु भएको जानकारी गत सोमबार मात्र बहराइनमा कार्यरत आफन्त पर्नेबाट पाएको बताइन् । उनी दुई महिनाअघि मात्र कतारको वैदेशिक रोजगारबाट नेपाल फर्केकी थिइन् । मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको जानकारी उक्त कम्पनीमा सँगै काम गरेका झलक गुरुङले दिएको निर्मलाले बताइन् ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो । प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

सिग्देलकी जेठी श्रीमती निर्मलाले सोमबार आफ्नो श्रीमान्को हत्या भएको थाहा पाएपछि मंगलबार धरानस्थित इलाका प्रहरी कार्यालयमा दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । उनले भनिन्, ‘करिब १० वर्षअघि नै दिनेशले अनिता केसी भन्ने केटीसँग विवाह गरेर विराटनगर बस्दै आएका थिए । मैले बहुविवाह मुद्दा लगाइनँ । अनिता पट्टि आठ वर्षकी छोरी पनि छिन् । चुलाचुलीमा भएको १७ कठ्ठा जमिन बेचेको रकम र बहराइनमा कमाएको रकम सबै कान्छीको हातमा थियो । तर उनी बहराइन भएको बेला यता नेपाल अनिता अर्कै युवकसँग लागेपछि सम्पतीकै कारण हत्या भएको लाग्छ ।’ निर्मलातर्फ २ छोरा र २ छोरी छन् ।

सिग्देलको शव धरान–४ स्थितको जंगलका एक किलोमिटरको दूरीमा हात खुट्टा, टाउको र शरीर टुक्राटुक्रा पारिएको अवस्थामा एकसाता अघिमात्र फोला परेको थियो । प्रहरीले गत बुधबार मृतक सिग्देलको दायाँ खुट्टा र टाउको फेला पारेको थियो भने बिहीबार बायाँ हात र शरीर फेला पारेको थियो ।

प्रहरीले भने घटनाको विस्तृत जानकारी दिएको छैन । पक्राउ परेका अनिता र भण्डारीले प्रहरीलाई उक्त घट्ना पुस २२ गते भएको बयान दिएको प्रहरी स्रोतले जनाएको छ । पुस २० गते नै काठमाडौं आएर २१ गते विराटनगरस्थित कान्छी श्रीमतीसँग भेट भएको र २२ गते स्लिपिङ ट्याब्लेट दिएर घाँटी थिचेर हत्या गरी शरीर टुक्राटुक्रा पारेको जानकारी आफूलाई प्रहरीले दिएको मृतकका एक आफन्तले कान्तिपुरलाई बताए ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा र इलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (डप्एसपी) नरेन्द्र कुँवरले हत्याकाण्डबारेमा अनुसन्धान गर्दै जादा केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । एसपी थापा र डीएसपी कुँवरले पक्राउ परेकाहरुले बयान फेरिरहेकाले अनुसन्धान भइरहेको बताए । एसपी थापाले भने, ‘सम्पत्ति र युवतीकै विषयमा यस्ता हत्या हुने गरेका छन् । हामी हत्याको कारण खोजिरहेका छौं ।’

उक्त घटनाको बारेमा धरानस्थित प्रदेश १ को संघीय प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखा, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago