नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङको किर्नेवगरमा आइतबार यात्रु बस दुर्घटना

नुवाकोट: नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङको किर्नेवगरमा आइतबार यात्रु बस दुर्घटनामा परेको छ। यात्रुले खचाखच भरिएको बस दुर्घटनामा परी ८० जना घाइते भएका छन्।

घाइतेमध्ये सात जना गम्भीर छन् भने तीन जनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिममा रहेको किस्पाङ गाउंपालिका-५ किर्नेवगरमा सोही गापाको साल्मेबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको यात्रु बस दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

उनका अनुसार किर्नेवगरमा प्रं.३-०१-००६ख १५४१ नं.को टिमुरे यातायातको बस सडकमार्गबाट ५० मिटर तल खसेर भयानक दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बसमा क्षमताभन्दा बढी यात्रु राखिएका कारण आरालो बाटोमा दुर्घटनामा परेको प्रह्रीले जनाएको छ।

सो बस किस्पाङको साल्मेबाट फिकुरी हुँदै काठमाडौँ जाने क्रममा रहेको थियो। घाइतेमध्ये म्यागङ गापा-२ का बुद्धिमान तामाङ, किस्पाङको साल्मेका २४ वर्षीय प्रेमबहादुर तामाङ र किस्पाङको काहुलेकान ५४ वर्षीय सीता बस्नेतलाई हेलिकप्टरमार्फत् उद्धार गरि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल पठाइएको उद्धारमा संलग्न किस्पाङ गापाका अध्यक्ष छत्रबहादुर लामाले बताए।

गम्भीर घाइते भएका अन्य यात्रुहरुमा किस्पाङ-३ का ४० वर्षीय प्रेमबहादुर तामाङ, ३५ वर्षीया सुकुमाया तामाङ, ५५ वर्षीय आमाछेरुङ घले र किस्पाङ-४ का जिता लामा तामाङ छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago