स्थानीय तह निर्वाचनका लागी, राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।

संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर सङ्गठन विस्तार अभियानमा रहेका ठूला दल चुनाव केन्द्रित हुँदै आएका हुन् ।

जिल्ला अधिवेशनपछि तातेको कांग्रेसले पार्टी कार्यालय निर्माण, ५० लाखको कार्यालय व्यवस्थापन कोष अभियानलाई तीव्रता दिएको काँग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए । उनले काँग्रेस वडा तहमै आफ्नो निर्वाचन केन्द्रित अभियान, सङ्गठन विस्तारसँगै पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको जानकारी दिए ।

“सत्ता गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ, तर गाउँमा अहिले आ–आफ्नै ढङ्गले चुनावी अभियन केन्द्रितसमेत भएका छौँ, सँगसँगै जिल्लाको पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन र भेटघाटलाई तीव्रता दिँदै आएका छौँ”, सभापति शेरचनले भने, “निर्वाचनमा काँग्रेसले जनताको मन जित्ने गरी अहिले गाउँ, वडादेखि टोलसम्मै पार्टीका गतिविधि बढाइरहेका छौँ ।” उनका अनुसार टोलमै पुगेर निर्वाचन लक्षित समिति गठन गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ ।

एमालेले जिल्ला अधिवेशन, जिल्ला कमिटी बैठक सकेर पालिका हुँदै वडामा पुगेको एमाले प्रचार विभाग प्रमुख चन्द्र गणेश पौडेलले जानकारी दिए । “स्थानीय तहको निर्वाचन मिति तोकेलगत्तै उत्साहित बनेको एमाले र निर्वाचित जनप्रतिनिधि अहिले गाउँमा भेला, बैठक तथा सङ्गठन विस्तार अभियानमा लागि परेका छन्”, उनले भने, “अहिले एमाले कसरी आफूले निर्वाचनमा विजयी हुने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ, अहिलेसम्म बरेङ गाउँपालिका अधिवेशनबाहेका नौ वटा स्थानीय तह र सबै वडा अधिवेशन सकेर एमाले गाउँ गाउँमा पुगेको छ ।”

अहिले सत्ता साझेदारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्मै लैजानका लागि दलीय भेटघाट बढाएका छन् भने छुट्टाछुट्टैरुपमा गाउँमा आफ्ना गतिविधिसमेत बढाउँदै लगेको देखिन्छ ।
यस्तै गठबन्धनलाई स्थानीय तहमा कायम गरेर लैजानै अथवा अन्य विकल्प खोज्ने विषयमा गठबन्धनसँग र एमालेसँग भेटवार्ता बढाइरहेको र माओवादी केन्द्रले आफ्नो ढङ्गले गाउँ केन्द्रित अभियान चलाइरहेको माओवादी केन्द्र बागलुङ नगर कमिटीका सचिव राजु खड्काले जानकारी दिए ।

माओवादीले बागलुङ नगरपालिकाका सबै वडा र टोलमा यही फागुन १४ सम्म भेला गरी सक्ने गरी प्रतिनिधि खटाएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले समेत पार्टीका गतिविधिलाई सक्रिय बनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । उनले स्थानीय तह पुनःजनप्रतिनिधिविहीन हुने अवस्थाको अन्त्य भएको र स्थानीय राजनीतिक दल निर्वाचन केन्द्रित भएको जानकारी दिए।

जिल्लामा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ ।  पुनः स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसँगै हटेर गएको जिल्लाका नेताले बताएका छन् ।

जिल्लाका राजनीतिक दलले आफ्नो पालिकादेखि वडासम्मै जिम्मेवारी बाँडफाँट विभिन्न विभाग, फाँट, वडागतरुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago