काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताएका छन् । उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा गठबन्धन टिक्न नसक्ने बताएका हुन् । ‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।’
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो । उनले चुनावमा जालझेल गर्न नहुने बताए । राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने उनको आग्रह थियो । अबको एक वर्षमा चुनाव आउनै पर्ने उनले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…