मदन भण्डारी लोकमार्ग’का पुलहरुमा एप्रोच सडक कालोपत्रे गर्ने

काठमाडौं: निर्माणाधीन राष्ट्रिय गौरबको आयोजना ‘मदन भण्डारी लोकमार्ग’का पुलहरुमा एप्रोच सडक (पुल अगाडि र पछाडि) कालोपत्रे गर्ने काम सुरु भएको छ। पछिल्लो एकवर्षयता बनिसकेका पुल एप्रोचमा कालोपत्रे नहुँदा सवारी दुर्घटना बढेको जनगुनासो व्यापक भएपछि निर्माण कम्पनीले कालोपत्रेको काम अघि बढाएको हो।

जस अनुसार सदरमुकाम गाईघाटदेखि कटारीसम्मको दूरीमा निर्मित झण्डै दर्जन पुल एप्रोचमा कालोपत्रे गर्ने काम सुरु भएको मदन भण्डारी लोमकार्ग कार्यालय गाईधाटले जनाएको छ। आयोजना प्रम्ुख (डिई) गोपाल खकुरेललले एकवर्षअघि निर्माण सकिएका सबै पुलको एप्रोच सडक कालोपत्रे गर्ने काम धमाधम भईरहेको बताए। एप्रोच सडक कालोपत्रे नहुँदा दिनहुँजसो सवारी दुर्घटना भएर जनधनको क्षति पुगेपछि तत्काल काम अघि बढाउन ६ महिनाअघि नै कार्यालयले निर्माण कम्पनीलाई ताकेता गरेको थियो।

कार्यालयको निर्देशन अनुसार निर्माण कम्पनीले गाईघाटदेखि पूर्र्व बसाहासम्म र पश्चिमतर्फ कटारीसम्मको खण्डमा बनेका दर्जन हाराहारी पुल एप्रोच सडकमा कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको खकुरेलले बताए। लोकमार्ग कालोपत्रेको क्रममा निर्माण पुरा नभएका पुल एप्रोच २ सयदेखि ५ सय मिटरसम्म सडक कालोपत्रे गर्न नपाइने प्रावधान छ। सोही अनुसार गाईघाट–बसाहा र गाईघाट–कटारी खण्ड सडक कालोपत्रने गर्ने क्रममा निर्माण हुन बाँकी भएर अहिले सम्पन्न भईसकेका पुल एप्रोच खण्डमा कालोपत्रे गर्न लागिएको हो।

एप्रोच कालोपत्र्रेका लागि त्यसअघि गर्नुपर्ने पूर्वतयारीको काम सबै पुलहरुमा भईरहेको खकुरेलले बताए। माटो पुर्ने, ग्राबेल भर्ने, खाँद्ने, मोड सुधार र ग्यावियन वाल लगाउतेजस्ता पूर्वाधार तयार भईसकेकाले छिट्टै कालोपत्रे हुने उनको भनाई छ। उनले बनिसकेका ११÷१२ पुलको एप्रोच कालोपत्रे गर्न धमाधम पूर्वाधारको काम भईरहेको बताए। खकुरेलले एप्रोच सडक कालोपत्रे नभएकाले बारम्बार दुर्घटना भईरहेको हुँदा तत्काल कालोपत्रे गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

चौदण्डीगढी नगरपालिका ४ को बसाहादेखि बेलटार, गाईघाट नेपालटार हुँदै कटारीसम्म बनिसकेका दर्जन पुलको एप्रोच कालोपत्रे यही चैतभित्र भईसक्ने उनको अनुमान छ। गाईघाटभन्दा पश्चिमतर्फ गाईघाट–कटारी खण्डका सरस्वती, शाही, होक्से, वैजनाथ– १, वैजनाथ–२, भोर्ले, सोमबारे र तावा खोला पुल एप्रोचमा कालोपत्रे गर्नका लागि काम अन्तिम तयारीमा पुगेको छ।

उता गाईघाटभन्दा पूर्वतर्फ भातजोर, देवधार र झोडापाटा खोला पुलमा पनि एप्रोच कालोपत्रे गर्न लागिएको उनले बताए। जेवीका परियोजना प्रवन्धक (पिएम) द्रोण आचार्यले पुल एप्रोचको कालोपत्रे गर्ने काम गत मंंसिर दोस्रो सातादेखि नै सुरु गरेको बताए। बसाहादेखि सिन्धुलीसम्मकै बनिसकेका पुल एप्रोचमा कालोपत्रे गर्ने काम एकैचोटी थालिएको उनले बताए। गतवर्षदेखि नै एप्रोच सडकमा कालोपत्रे गर्ने भनिए पनि कोविडका कारण रोकिएको काम वर्षाले गर्दा भदौसम्म अघि बढाउन नसकिएको उनले बताए। त्यसपछि दसैं, तिहार र छठले गर्दा फेरि दुई महिना काम गर्न नसकेकाले मंसिरदेखि काम थालिएको आचार्यको भनाई छ।

आचार्यका अनुसार ढिलोमा चैत मसान्तभित्रमा सबै पुल एप्रोच सडक कालोपत्रे भईसक्ने छ। सबै पुलमा कालोपत्रे गर्नेगरी आवश्यक पूर्व तयारी सकिइकाले सकेसम्म फागुन दोस्रो सातादेखि पहिलो चरणको कालोपत्रे (प्रिपिच) सुरु हुने उनले बताए। बसाहा–गाईघाट–नेपालटार–कटारीसँगै कटारी–सिन्धुली–हेटौंडा खण्डका पुल एप्रोच पनि कालोपत्रे गर्ने जेवीको योजना रहेको पिएम आचार्यले बताए।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago