काठमाडौँ: सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।
शनिबार भएको स्थायी कमिटीको बैठकमा सम्झौतालाई संसद्मा टेबल गर्न सकारात्मक रहेपनि संशोधन बिना त्यसको पक्षमा पार्टी उभिन नसक्ने स्पष्ट पारेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए । बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।
एमसीसीबारे अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका मुख्य बुँदाहरु यस्ता छन्ः
1.असंलग्न परराष्ट्र नीति प्रतिवद्ध रहने,
2. कुनै पनि सेना र सुरक्षा नीतिको अंग हुन सक्दैनौं,
3.छिमेकी देशको सुरक्षामा असर पार्ने कुनै पनि काम गर्न दिँदैनौ र कसैको पक्ष वा विपक्षमा प्रयोग हुँदैनौं,
4.नेपाली भूमी हुने सबै कार्यमा नेपालको अधिकार सुरक्षित रहन्छ,
5.नेपालभित्रको आयोजनाको रोजगारीमा नेपालीको प्राथमिकता रहन्छ ।
6.नेपालमा उत्पादन भएको विषयको वौद्धिक सम्पत्तिमाथि नेपालको अधिकार रहन्छ ।
7.कानुन लागू हुने विषयमा प्रचलित अभ्यास नै लागू हुन्छ ।
8.कर लगायतको छुट विदेशीहरुलाई दिन सकिदैन । उन्मुक्ति दिन सक्दैनौं ।
9.एमसीसीलाई आर्थिक सहयोगको रुपमा स्वीकार गर्दा पनि यथास्थितमै त्यसलाई स्वीकार गर्न गाह्रो छ।
10.यसलाई संशोधन गर्ने अधिकार सदनलाई हुनुपर्ने
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…