काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् । कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखे कारवाही गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै उनले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइ पूर्वक लागू गर्न पनि निर्देशन दिए । हरवाचरुवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए दण्डनीय हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले हरवा चरुवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम ल्याउने उनले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन र घर उपलब्ध गराएको जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…