चलचित्र विकास बोर्ड नेतृत्वमा कसको पल्ला भारी ?

काठमाडौँ: सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा अध्यक्षका लागि निवेदन दिएका आकांक्षीको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै अध्यक्ष पदका आकांक्षी १० जनाको नाम सार्वजनिक गरेको छ । सूचनामा उनीहरूको निवेदन स्वीकृत गरेको व्यवहोरा उल्लेख छ ।

सार्वजनिक सूचीमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मल राज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन् ।

गत जेठ २१ मा अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएसँगै रिक्त पदमा मन्त्रालयले आवेदन माग गरेको थियो । असार ५ मा सार्वजनिक सूचनाअनुसार १० जनाले अध्यक्ष पदको दाबेदारीसहित निवेदन दिएका हुन् । मन्त्रालयले बोर्डको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्तापछि उत्कृष्ट तीनको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र मन्त्री स्तरीय निर्णयबाट दुई वर्षे कार्यकालका लागि अध्यक्ष सिफारिस गर्नेछ ।

मन्त्रालयले प्रक्रिया पूरा गरे पनि अध्यक्षका लागि राजनीतिक आशीवार्द निर्णायक रहँदै आएको छ । अहिले सञ्चारमन्त्रालय कांग्रेसको भागमा रहेकाले कांग्रेस पार्टी निकट आकांक्षीले भेटघाट तीव्र बनाएका छन् ।

बजारमा चलेको चर्चाअनुसार भुवन केसी, नरेश पौडेल, अरुण प्रधान र सम्झना उप्रेती रौनियार यो दौडमा अगाडि छन् । चारैजना आकांक्षीले बालुवाटारमा शेरबहादुर देउवालाई भेटेर आफूलाई अध्यक्ष बनाउन दबाब दिएका छन् । बाँकी आकांक्षीले पनि आफ्नोतर्फबाट सक्दो लबिङ गरिरहेका छन् । सूचीमा रहेकामध्ये दीपक श्रेष्ठ माओवादी निकट हुन् भने सुशीलकुमार पोखरेल एमाले निकट रहेको चर्चा छ । सुचित्रा श्रेष्ठ र सुष्मा कार्की भने कांग्रेस निकट नै हुन् ।

मन्त्रालयले चाँडै नै प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति तय गरिने जानकारी गराएको छ । स्रोतका अनुसार सञ्चार मन्त्रालयले यो मातहत रहेका अरु पनि संस्थामा नयाँ नियुक्ति गर्ने तयारी गरिरहेकाले सबै नाम एकैपटक मन्त्रिपरिषद्मा लैजाने तयारी स्वरुप विकास बोर्डको काम पनि ढिला भइरहेको छ । साउनको दोस्रो हप्तासम्ममा बोर्डमा नयाँ अध्यक्ष सिफारिस हुनसक्ने धेरैको आँकलन छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago