काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद् विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।
संसद्का गतिविधिलाई लिएर सभामुख सापकाेटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेकाे बताए ।
‘याे बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो याेग्यताकाे परख गर्ने वातावरण बनेको थिएन ।’ सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेकाे पनि बताए ।
यसबीचमा मन्त्री हेरफेर हुँदा पनि विधेयक पारित हुन नसकेको सभामुख सापकोटाकाे भनाइ थियाे । ‘यसबीचमा मन्त्री हेरफेरले १-२ विधेयक पास भइसक्थे तर हुन सकेन,’ उनले भने । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ-आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेकाे थियाे । जसका कारण सदनमा सम्बन्धित मन्त्रामन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् ।
सभामुख सापकोटाले उपसभामुख निर्वाचित भएपछि काम गर्न थप सहज हुने बताए । उपसभामुखमा पुष्पा भुसालले आइतबार मात्रै पदभार सम्हालेकी थिइन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…