अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग

काठमाडौं: नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग गरेको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो ।

हालैमात्र त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न दोहोरिएको, निजी कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्र हुबहु मिलेको जस्ता समस्या देखिएका थिए । अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

प्रत्येक जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लामै तोक्न, परीक्षा नियन्त्रण कार्यालयको सेवा विद्यार्थीहरूलाई सजिलो हुनेगरी विस्तृत रूपमा उल्लेख गरी एक हप्ताभित्र नागरिक बडापत्र राख्न पनि माग गरेको अनेरास्ववियुका केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

परीक्षा सञ्चालन भएको १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गर्न पनि माग गरिएको छ ।

आवश्यक कागजात र प्रक्रिया पूरा गरेका विद्यार्थीको प्रमाणपत्र २४ घण्टाभित्र दिन र विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रम हाल विना विकल्प बन्द गरिएको भन्दै अनेरास्ववियुले यसबाट हजारौं विद्यार्थीहरू काम गर्दै स्वअध्ययन गर्ने अधिकारबाट बञ्चित भएको बताएको छ । निश्चित आधार तयार गरी तुरुन्त खुला गर्न पनि माग गरेको अनेरास्ववियुका केन्द्रीय कमिटीका सचिवालय सदस्य विष्टले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago