भोलि पनि एमसिसी संसदमा टेबल नहुने

काठमाडौँ शुक्रबार बस्ने संसदको बैठकमा पनि एमसिसी टेबल नहुने भएको छ।

फाइल फोटो

बालुवाटारमा बसेको पाँच दलको बैठकले भोलि पनि थप छलफल गर्ने र सहमतिका साथ अघि बढ्ने सहमति भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

तीन घण्टा लामो छलफलपछि कार्कीले भने, फागुन १६ गतेसम्म एमसिसी पारित गर्नुपर्छ। प्रधानमन्त्रीमा त्यही भन्नुुभयो। भोलि फेरि गठबन्धनको बैठक बस्नेछ। त्यहाँ पनि छलफल हुन्छ।शुक्रबार बिहान ९ बजे फेरि गठबन्धनको बैठक बस्नेछ। माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका कारण सत्ता गठबन्धकै भविष्य संकटमा परेको अवस्थामा दलहरु थप छलफल गर्न तयार भएका हुन्।

कांग्रेसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न अघि बढाउन चाहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले रोक्न खोजेका छन्। कांग्रेसले माओवादी र समाजवादी एमसीसी पारित गराउन तयार नभए एमालेसँग सहकार्य गरेर अघि बढ्ने तयारी ठोस रुपमै अघि बढाएको छ। माओवादीले सहमति बेगर एमसीसी अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ।

बिहीबार दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालबीच भएको कुराकानीमा गठबन्धन जोगाएर जाने कुरा भएको थियो।गठबन्धनको बैठकमा खुलेर छलफल भएको र छलफल सकारात्मक रहेको कार्कीले दाबी गरे।

गठबन्धनको बैठकमा बैठकमा कांग्रेसबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी थिए।

त्यस्तै माओवादीबाट अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल सहभागी भएका थिए भने जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी भए।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago