अब नेपालमा समेत गुगल पे र पेटीएम चल्ने

काठमाडौं । अब नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो ।

फाइल फोटो

त्यसका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिले भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच विद्युतीय भुक्तानी सेवाप्रदायकबीच अन्तरआवद्ध भुक्तानी सञ्जाल सञ्चालनमा आउने बाटो खुलेको हो ।

यससँगै भारतमा प्रचलनमा रहेका पेटीएम, गुगल पे, फोनपे, भारत पे लगायतका डिजिटल वालेटबाट नेपाल स्थिति कुनै पनि बैंक खाता तथा डिजिटल वालेटको खातामा तुरुन्तै रकमान्तर गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यो सेवा सञ्चालनमा आएपश्चात भारतीय नागरिक तथा भारतमा रहेका नेपाली नागरिक नेपाल आउँदा गुगल पे, पेटीएम, फोन पे, भारत पे जस्ता वालेटबाट नेपाल स्थित फोन पे तथा अन्य क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै नेपाली नागरिकहरू भारत यात्रामा जाँदा नेपाल स्थित ई-सेवा, खल्ती, आईएमई पे जस्ता वालेट र मोबाइल बैंकिङमार्फ त्यहाँका क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ । आगामी तीन महिनाभित्र प्रारम्भिक चरणमा यस्तो सेवा सञ्चालन गरिने गेटवे पेमेन्ट सर्भिस प्रालिका महाप्रबन्धक प्रवीण रेग्मीले टेकपानालाई बताए ।

‘एनपीसीआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू पनि क्रमिक रुपमा सुरुवात गर्दै जाने योजना छ,’ उनले भने । गेटवे पेमेन्ट सर्भिस प्रालिले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त गरेको छ ।

कम्पनीका अध्यक्ष कमलनाथ प्रधान, भारत स्थित  युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) तथा भारतीय रिजर्व बैंकले प्रवर्द्धन गरेको एनपीसीआई इन्टरनेसनलका सीईओ रितेश शुक्ला, र भारतीय फिनटेक कम्पनी इन्फोटेकका निर्देशक नागाबाबु रामिनेनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तर्राष्ट्रिय (क्रश-बोर्डर) कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत लिइसकेको कम्पनीका महाप्रबन्धक रेग्मीले जानकारी दिए ।

हाल नेपाल एसबीआई र एभरेस्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड नेपाल भारत दुवै मुलुकमा प्रयोग गरी रकम झिक्न सक्ने सुविधा रहेको छ । तर अनलाइन भुक्तानी तथा डिजिटल वालेटमा यो नै पहिलो हुनेछ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago