प्रचण्डको प्रयास : गठबन्धन जोगाउने, एमसिसीलाई निकास दिने

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पाँच दलीय सत्तारुढ गठबन्धन जोगाउने प्रयास गरिरहेको बताएका छन् ।

                                                                                     फाइल फोटो
सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच दलको गठबन्धन जोगाउनेमा आफूहरुको प्रयास रहेको बताएका हुन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै प्रचण्डले भने, ‘हामीले तीन दललाई एक मत बनाउने भनेर लागेका होइनौँ, पाँच दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्नेबारे सोचेका हौँ ।’

आज साँझ बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ । यो बैठकले एमसिसीबारे निर्णायक छलफल गर्ने बताइएको छ ।यसअघि बुधबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न नहुने अडान राख्दै सडक प्रदर्शन समेत गरेका थिए ।नेपाली कांग्रेसले चाहिँ एमसिसी पारित गर्नुपर्ने नीति बनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago