प्रचण्डको प्रयास : गठबन्धन जोगाउने, एमसिसीलाई निकास दिने

२०७८, ५ फाल्गुन बिहीबार १६:१९

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पाँच दलीय सत्तारुढ गठबन्धन जोगाउने प्रयास गरिरहेको बताएका छन् ।

                                                                                     फाइल फोटो
सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच दलको गठबन्धन जोगाउनेमा आफूहरुको प्रयास रहेको बताएका हुन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै प्रचण्डले भने, ‘हामीले तीन दललाई एक मत बनाउने भनेर लागेका होइनौँ, पाँच दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्नेबारे सोचेका हौँ ।’

आज साँझ बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ । यो बैठकले एमसिसीबारे निर्णायक छलफल गर्ने बताइएको छ ।यसअघि बुधबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न नहुने अडान राख्दै सडक प्रदर्शन समेत गरेका थिए ।नेपाली कांग्रेसले चाहिँ एमसिसी पारित गर्नुपर्ने नीति बनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु