काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ७३ लाख ८६ हजार रुपैयाँमा नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले नाफा १८ दशमलव ८७ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ रहेको छ । जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १९ दशमलव ०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २३ करोड १८ लाख ४४ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १८ दशमलव ८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २१ करोड १ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…