नेष्डो समृद्ध लघुवित्तले दोश्रो त्रैमाससम्ममा कमायो १० करोड ७३ लाख रुपैयाँ मुनाफा

२०७८, ५ फाल्गुन बिहीबार १५:०९

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १० करोड ७३ लाख ८६ हजार रुपैयाँमा नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले नाफा १८ दशमलव ८७ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ रहेको छ । जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १९ दशमलव ०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २३ करोड १८ लाख ४४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १८ दशमलव ८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २१ करोड १ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु